IMG-LOGO

लक्ष्मी प्रतिष्ठान र चेपाङ समुदायसँग जोडिएको भविष्य

 मंगल, भदौ १४, २०७९      हरिनाथ न्यौपाने

       गरिव, अशिक्षित समाज, दुर्गम ठाउँको बसाई मुना प्रजाको लागि कम कष्टकर थिएन। अध्यारो जिन्दगीमा बाँचिरहेका चेपाङ समुदायका बालबालिकालाई विष्णु गौतम भगवान् सरह देखिन पुगे ९ महिनाको बिचमा सडक दुर्घटनामा आफ्ना दुई सन्तान कुमार र बलराम गुमाउन पुगेका गौतम, परिवारका बाँकी सदस्यलाई सम्हाल्न कठिन अवस्थामा पुग्नु भएको थियो श्रीमती लक्ष्मी गौतमलाई छोराहरुको वियोगबाट भुलाउन उहाँने लक्ष्मी प्रतिष्ठान संस्था खोलेर मुना प्रजा जस्तै चेपाङ समुदायका १ सय ९६ जना बालबालिकाको बुबा, उनीहरुकै भनाईमा भगवान् बन्नुभएको हो विभिन्न सामाजिक कार्यसँगै १० वर्ष देखि उहाँने चितवनको कान्दा पुगेर चेपाङ्ग वस्तिका बालबालिकाहरुको भविश्यका लागि काम गरिरहनु भएको छ आधारभूत तह उत्तिणर् ५९ जना विद्यार्थीहरुलाई गौतमले आफ्नै जन्मस्थल काभ्रेको धौरी देउरानी स्थित धुनी शिवालयकी गुमटीमा सुविधायुक्त होस्टलमा राखेर नजिकै रहेको सरस्वती माध्यमिक विद्यालयमा पढाई रहनु भएको छ । स्वास्थ्य, शिक्षा, सिपमुलक तालिम साथै               १२ कक्षा पश्चात् स्वावलम्बी बनाउने उहाँको लक्ष्य रहेको छ ।

       चितवन जिल्लाको राप्ती १३ कान्दामा रहेका चेपाङ समुदायका १ सय ९६ जना बालबालिकाहरु संरक्षित छन् । छात्रावासमा बसिरहेका बालबालिकाहरु शिक्षासंगै अतिरिक्त कृयाकलापमा पनि उत्तिकै सक्षम छन् गाउँ रुपान्तरण स्वयमले गर्न सकुन भन्ने उदेश्यले निरन्तर १० वर्ष देखि चेपाङ्ग समुदायका बालबालिकाहरुको भविश्यका लागि शुरु भएको अभियानको लक्ष्य ७५ प्रतिशत पुरा भएको गौतमले बताउनुभयो गुमटीमा रहेको सुविधायुक्त होस्टलमा अध्ययनको समय पश्चात् करिव १ घण्टा विद्यार्थीहरु कृषि, पशुपालन लगायतका काममा सक्रिय हुन्छन्। सांस्कृतिक तथा अतिरिक्त कृयाकलापमा पनि अव्वल बालवालिकाहरुलाई आफ्नो भविष्य उज्जवल रहेको प्रष्ट हुन्छ कपाल काट्ने, कृषि व्यवसाय, बेड उत्पादन, पशुपालन, वाईरियङ्ग, टेलरिङ्ग, फर्निचर लगायतका विषयमा उनीहरुले तालिम प्राप्त गरेका छन् अभियानका लागि मासिक १० लाख भन्दा धेरै खर्च हुने र विभिन्न क्षेत्रमा कार्यरत व्यक्तिहरुले अभियान चित्त बुझेर सहयोग गरेकै आधारमा बालबालिकाहरुले अध्ययन गर्ने अवसर पाएको गौतमले बताउनुभयो ।

       बालबालिकाहरु मेहनती, अनुशासित, लगनशिल भएकाले अध्ययन, गायन, नृत्य, खेलकुद, वाद्यवादन लगायतका अतिरिक्त क्रियाकलापमा उत्कृष्ट रहँदै आएको छात्रावास इन्चार्ज विपना भुर्तेलले बताउनु भयो विहान ५ बजे देखि राति ९ बजेसम्मको कार्यसम्पादनको सूची अनुसार बालवालिकाहरु अध्ययन तथा अतिरिक्त क्रियाकलापमा समेत सहभागि हुन्छन् सरस्वती माध्यमिक विद्यालयमा अध्ययन गर्ने अन्य बालबालिकाहरु भन्दा अव्वल देखिएको विद्यालयका अंग्रेजी शिक्षक बलराम खरेलले जानकारी दिनुभयो अर्का शिक्षक दिपक सुनारले दैनिक २ घण्टा विद्यार्थीहरुलाई होस्टलमै निशुल्क पढाउने गर्नु भएको छ प्रतिष्ठानले काभ्रेको होस्टल एरिया रिसोर्ट के चिटिक्क पार्ने काम समेत गरेको छ ५५ रोपनीको जमिनमा तरकारीसँगै उक्त स्थानमा १ सय ७६ वोट किमि, एभोगाडी २५. जापानिज नास्पाती २५, मुचित ३० स्याउ ३० कागति १००, ओखर, जुनार लगायतको खेति गरिएको छ। सोहि खेतीबाट आएको आम्दानी समेत संस्थाले अभियानमा खर्च गरेको छ भने तरकारी स्वयं विद्यार्थीने उत्पादन गरेकोले पुग्ने गरेको गौतमले बताउनुभयो। बालबालिकाहरुले खेति गर्ने प्रयोजनका लागि गड्यौला पालेका छन् भने तीन वटा बङ्गुर समेत रहेको छ। स्वस्थ्य रहन योगा, ध्यान गर्ने उनीहरूले आफै जैविक मल उत्पादन गर्छन भने मसलाजन्य लेवनग्रास, पुदिना, तुलसी, रोजमेरी, अदुवा, लसुन, बेसार, खोर्सानीको व्यवसायीक रुपमा उत्पादन गरेका छन् । कक्षा १२ सकिए लगतै कान्दा रुपान्तरण गर्ने सपना देखेका अधिकांश मानमालिकाहरुले सेना, प्रहरी, शिक्षक, डाक्टर, नर्स, कलाकार, भेटेरीनरी सेवा, राजनीति तथा सामाजिक क्षेत्रमा प्रवेश गर्ने योजना बनाएका छन् । राजनीतिबाट ने बदले अठोट १० कक्षामा अध्ययनरत बिन्दा प्रजाको रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्