IMG-LOGO

मिटरव्याजी विरुद्ध धमाधम उजुरी

 मंगल, भदौ १४, २०७९  ---

 

              सहकारी मार्फत शेयर सदस्यहरुलाई मिटर व्याजमा लगाउने २१ जना माथि जिल्ला प्रशासन कार्यालय धुलिखेलमा उजुरी परेको सहायक प्रमुख जिल्ला अधिकारी अमर दिप सुनुवारले बताउनुभयो । सरकारको तीन खम्बे अर्थ नीतिमा एक खम्बाको रुपमा सहकारी संस्थालाई लिइएकोमा केही मिटर व्याजीको कारण सहकारीको उर्लदो साखलाई गिराएको छ । समुदायको वृहत आर्थिक हित, सबै खालका सामाजिक विभेदको अन्त्य, उद्यमशिलताको विकास गरी आफ्ना शेयर सदस्यहरुको जीवनमा हाँसो र खुसी ल्याउने जिम्मेवारी बोकेका सहकारीका सञ्चालकहरुले निहित स्वार्थमा काम गर्दा सहकारीमा बेथिति मौलाएको छ ्र मिटर व्याजीका कारण देशको प्रमुख शहरमा झन बढि समस्या देखिएको छ ।

              सरकारले समेत सर्वसाधरणलाई सहकारीमा पैसा नराख्न भनेको छ । सरकारका नियमक निकायले अनुगमन नगर्दा सहकारीमा यो खालको समस्या आएको सरोकारवालाले बताउँदै आएका छन्। जिप्रका काभ्रेमा १७ जनाबाट २१ जना माथि उजुरी गरेको त्यसमा सहकारी संस्थाहरूको पदाधिकारी भने ४ जना माथि उजुरी परेको जनाएको छ मिटर व्याजी विरुद्ध उजुरी दिन भने अब समय सिमा नतोकिएको पिडितले कार्यालय समयमा दिन सक्ने कुरा सहायक प्रमुख अधिकारी अमर दिप सुनुवारले काभ्रे टाइम्सलाई बताउनुभयो । उजुरी परेकाहरु माथि चांडै अनुसन्धान गरी कारवाही प्रकृया अधि बढाइने प्रशासनले जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्