IMG-LOGO

थाइल्याण्डका राजदुत भोसिता बनेपा नगरमा

 मंगल, भदौ १४, २०७९  ---

 

              बनेपा नगरपालिकाको निमन्त्रणामा थाइल्याण्डका महामहिम राजदुत भोसिता भोरासाले बनेपा नगरको भ्रमण गरेका छन् । भ्रमणको क्रममा बनेपाका विभिन्न धार्मिक स्थल, वृद्धाश्रम, ध्यानकुटि बिहार अबलोकन गरेका थिए । नगर प्रमुख शान्ति रत्न शाक्यको सभापतित्वमा बिहिवार भएको एक कार्यक्रममा प्रा. डा. उत्तमकृष्ण कर्माचार्यले बनेपा नगर र थाइ सरकार विचको विगतको सम्बन्धका बारेमा प्रकाश पार्नुभएको थियो । कार्यक्रममा थाइ राजदुतले विगतमा आगामी दिनमा पनि सम्बन्धलाई निरन्तरता दिने बताएका छन् । यस्तै नगर प्रमुख शाक्यले दुई देशवीचको पारस्परिक सम्बन्धलाई अझ प्रगाढ बनाई आपसी हितमा उपयोग गर्न बनेपा कृयाशील रहने र थाइल्याण्डले हाँसिल गरेको प्रगती र प्रविधीलाई बनेपाको विकासका लागि उपयोग गर्न सकिनेमा आशावादी रहेको बताए । नगर उपप्रमुख विमला सापकोटाले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्य, वडा अध्यक्षहरु लगायतको उपस्थिति रहेको थियो भने कार्यक्रम सञ्चालन प्रशासकीय अधिकृत ध्रुव राज नेपालले गर्नु भएको थियो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्