नेपाल कम्युनिष्ट पार्टी (एमाले काभ्रे सहकारी तथा गरिवी निवारण विभागले सहकारीका सवालहरु र पार्टी बीचको अन्तरसम्बन्ध अन्तराकृयात्मक छलफल कार्यक्रम शनिबार सम्पन्न । नेकपा एमाले पोलिटव्यूरो सदस्य गोकुल बास्कोटा, नेपाल कम्युनिष्ट पार्टी एमाले सहकारी तथा गरिवी निवारण विभागका केन्द्रीय अध्यक्ष कमल चौलागाई, काभ्रे विभाग प्रमुख विनोद पराजुली लगायतको आतिथ्यता रहेको कार्यक्रममा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले जिल्लाको समग्र सहकारी क्षेत्रको अवस्था र जिल्ला कृषि सहकारी संघ काभ्रेका अध्यक्ष सुमन नेपालले कृषि क्षेत्रमा सुधार गर्नु पर्ने सवालहरुको बारेमा प्रष्ट पार्नु भएको थियो । काभ्रे जिल्ला विभाग सदस्य कल्पना श्रेष्ठ, सहकारी तथा दुध विकास क्षेत्रको जानकार टिकावल्लभ सापकोटा लगायतको आतिथ्यता रहेको थियो । काभ्रे जिल्लमा १ हजार ४ सय ९५ सहकारीहरुको अभिलेखिकरण गरिएको र विषयगत संघ ७ वटा ,बचत तथा ऋण सहकारी संस्था, ५ सय ३७, दुग्ध सहकारी संंस्था २ सय ७१ रहेको जनाएको छ । २ अर्ब ९१ करोड ६० लाख २ हजार शेयर पूँजी, २१ अर्ब १३ करोड ३६ लाख ३८ हजार बचत निक्षेप संकलन, २१ अर्ब ३४ करोड ५३ लाख ४१ हजार रकम जिल्लाका सहकारीहरुले ऋण लगानी गरेको जनाएको छ । सहकारीले २ हजार २ सय ५६ रोजगार दिन सकेका छन् । जसमा १ हजार ३ सय ९२ महिला, पुरुष ८ सय ६४ ले रोजगारी प्राप्त गर्न सकेका छन् । ३ लाख ८३ हजार १ सय ३६ शेयर सदस्यहरु प्रारम्भीक सहकारी संस्थाहरुमा आवद्ध रहेर आर्थिक कारोबार गरेको कुरा जिल्ला सहकारी संघ काभ्रेका अध्यक्ष दिलिप शर्माले बताउनुभयो । नेपालमा सहकारी संस्थागत विकासको प्रायस २०१० मा सहकारी विभागको स्थापनाबाट भएको हो । संसारमै पहिलो पटक सरकारीको सुरुवात १८४४ मा बेलायतबाट भएको हो । नेपालमा भने २०१३ सालमा चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको हो । २०७८ चैत्र सम्मको तथ्याङ्ग अनुसार नेपालमा ३० हजार ८ सय ७९ प्रारम्भीक सहकारी संस्थाहरु दर्ता भएका छन् । संघ र महासंघ ३ सय ९० गरी जम्मा ३१ हजार २ सय ७९ छन् । ७३ लाख ३७ हजार २ सय ५२ सदस्य संख्या रहेको र ९४ अर्ब १२ करोड शेयर संकलन भएको छ । ४ सय ७७ अर्ब ९९ करोड बचत परीचालन, ४ सय २६ अर्ब ३१ करोड ऋण लगानी गरेको छ । ९१ हजार ३ सय १ जनालार्य सहकारी संस्थाहरुले रोजगारी दिन सकेको छ । कुल ग्राहस्थ उत्पादनमा वित्तीय क्षेत्रमा २० प्रतिशत योगदान रहेको छ भने कुल ग्राहस्थ उत्पादनमा समग्र सहकारीको योगदान ५ प्रतिशत छ । कार्यक्रमको सञ्चालन बागमती प्रदेश बचत तथा ऋण सहकारी संघका अध्यक्ष उद्धव सापकोटाले गर्नु भएको थियो ।
