वडालगाउँमा पनि कृष्ण अस्टमीको दिन जनचेतना युवा समूहको व्यवस्थापनमा कन्या पुजा सम्पन्न गरेको छ । शुक्रबार सम्पन्न कन्या पुजामा २५ जना भक्तहरुले ४५ कन्याहरुलाई प्रसाद सहित मिष्ठान्न भोजन गर्राइ कन्या पुजा गरिएको थियो । विगत ५ वर्ष देखि निरन्तर रुपमा श्रीकृष्ण अष्टमीको दिन माझाडी खर्कको राधाकृष्ण मन्दिर र सिद्धिविनायक मन्दिर परिसरमा कन्या पुजा गरिदै आएको कुरा सामाजिक तथा सांस्कृतिक पर्व संयोजक सागर सापकोटाले जानकारी दिनुभयो । संस्थाका अध्यक्ष रामेश प्रसाद न्यौपानेको अध्यक्षतामा सम्पन्न कन्या पुजामा बागमती प्रदेश सांसद चन्द्र लामा, धुलिखेल नगरपालिका प्रमुख अशोक व्याञ्जु, पूर्व उपप्रमुख विमला शर्मा, वडा अध्यक्ष विनोद गौतम, संस्थाका संस्थापक अध्यक्ष उद्धव प्रसाद वडाल, निवर्तमान अध्यक्ष साधुराम वडाल र स्थानीय भक्तजनहरुको उपस्थिति रहेको थियो ।
