IMG-LOGO

बिन्धवासिनीका प्रमुख कार्यकारी लामा उत्कृष्ट व्यवस्थापक घोषित

 मंगल, भदौ ७, २०७९  ---

 

       विन्धवासिनी बचत तथा ऋण सहकारी संस्थाका प्रमुख कार्यकारी अधिकृत के. बी. लामा स्याङ्तान देश भरकै बचत ऋण सहकारी मध्ये उत्कृष्ट व्यवस्थापकको रुपमा घोषित हुनु भएको छ । नेपाल बचत तथा ऋण केन्द्रिय सहकारी संघ (नेफ्स्कुन) को ३५ औं स्थापना दिवसका अवसरमा लामालाई साकोस अभियानकै उत्कृष्ट व्यवस्थापकको रुपमा घोषणा गरिएको हो ।  विगत २० वर्षदेखि सहकारी क्षेत्रमा क्रियाशील लामाले २६ भन्दा बेसी फरक फरक विधामा तालिम लिनु भएको छ भने उहाँ प्रशिक्षकको रुपमा १५ भन्दा बढि भइ सक्नु भएको छ । लामाले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय रुपमा सहकारीको अवलोकन भ्रमणका साथै गोष्ठी तथा सेमिनारहरुमा सहभागिता जनाएका छन् ।

       यस अघि २०७० मा पनि उनी उत्कृष्ट व्यवस्थापकरुपमा घोषित हुनु भएको थियो । म्यानेजर्स क्लब गठन भएपछि भने यो उनको पहिलो पुरस्कार भएको नेफ्स्कुनका निवर्तमान अध्यक्ष एवं पुरस्कार छनौट समितिका संयोजक डिबी बस्नेतले बताउनुभयो । २०७३ सालमा जिल्ला सहकारी संघ काभ्रेबाट उत्कृष्ट व्यवस्थापक र २०७८ मा आकु, थाइल्याण्डबाट क्रेडिट युनियन एक्जेक्युटिभ अवार्डबाट समेत सम्मानित भइसक्नु भएको छ । पशुपति बहुमुखी क्याम्पसबाट व्यवस्थापन संकायमा स्नातक उत्तीणर् गरेका लामाले एशियाली ऋण महासंघ(आकु) बाट एक्सेस मास्टर अडिटर ट्रेनिङ, क्रेडिट युनियन म्यानेजर्स कम्पिटेन्सी कोर्ष, प्रडक्ड डिजाइनिङ तालिम समेत लिनु भएको सफल व्यवस्थापकको रुपमा परीचित हुनुहुन्छ । नेफ्स्कुन स्थापना दिवसमा घोषणा गरेको सम्मान आगामी साधारणसभा प्रदान गर्ने जनाएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्