IMG-LOGO

बनेपा नगरस्तरीय शैक्षिक प्रदर्शनी

 मंगल, भदौ ७, २०७९  ---

 

       शैक्षिक गुणस्तर वृद्धि गरी शैक्षिक उपलब्धी हाँसिल गर्ने उद्देश्यका साथ बनेपा नगरपालिका शिक्षा युवा खेलकुद शाखाको आयोजनामा विषयगत शैक्षिक प्रदर्शनी सम्पन्न गरेको छ । विषयगत शैक्षिक प्रदर्शनीमा विज्ञान तर्फमा जनज्योति मा.वि प्रथम, चण्डेश्वरी मा.वि द्वितीय, जागृति मा.वि तृतीय, अंग्रेजी तर्फ चण्डेश्वरी मा.वि प्रथम, चैतन्य मा.वि द्वितीय, चक्रज्योति मा.वि तृतीय, त्यस्तै गरी सामाजिक तर्फ प्रभात आधारभूत विद्यालय प्रथम, भक्तेश्वर आधारभूत विद्यालय द्वितीय, श्वेतवराह मा.वि तृतीय, गणित तर्फ रत्न चुण्डेश्वर मा.वि प्रथम, महेन्द्र मा.वि द्वितीय र सरस्वती आधारभूत विद्यालय तृतीय, त्यस्तै गरी नेपाली तर्फ चण्डेश्वरी मा.वि प्रथम, प्रभात आधारभूत विद्यालय द्वितीय र शिक्षा सदन मा.वि तृतीय स्थानमा ओगट्न सफल भएको कुरा बनेपा नगरपालिका शिक्षा शाखा अधिकृत शिवराज त्रिपाठीले बताउनुभयो । कार्यक्रममा प्रथम, दुतीय, तृतीय र सान्तोना प्राप्त गर्ने विद्यालयहरुलाई पुरस्कृत गरिएको थियो । ५ वटा विषयहरुको शैक्षिक सामाग्री प्रदर्शन गरिएको उक्त शैक्षिक प्रदर्शनीमा नगर प्रमुख शान्तिरत्न शाक्य, उप-प्रमुख विमला सापकोटा दाहाल, प्रमुख प्रशासकीय अधिकृत प्रकाश आचार्यको आतिथ्यता रहेको थियो । उक्त शैक्षिक प्रदर्शनीमा बनेपा नगरभित्रका ३० वटा विद्यालयले सहभागीता जनाएका थिए ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्