IMG-LOGO

चण्डेश्वरी साकोस बागमती प्रदेश कै उत्कृष्ट सहकारी घोषित

 मंगल, भदौ ७, २०७९  ---

 

       बनेपाका उद्यमी, व्यवसायी र सक्रिय युवाहरुको जमातले सञ्चालन गरेको चण्डेश्वरी बचत तथा ऋण सहकारी संस्थ लि. ३० वर्ष अघि स्थापित भएको हो । शेयर सदस्यहरुको जीवनमा हाँसो र खुसी ल्याउन निरन्तर लागि परकोले चण्डेश्वरी साकोस बनेपाले एक्सीस ब्रोञ्ज प्राप्त गर्न सकेको कुरा संस्थाका अध्यक्ष विकास बादेले बताउनुभयो । नेपाल बचत तथा सहकारी संघ लि. नेफ्स्कुन को ३५ औँ स्थापना दिवसको अवसरमा चण्डेश्वरी साकोसलाई बागमती प्रदेशको सर्वेत्कृष्ट साकोस घोषणा गरेको प्रमुख कार्यकारी अधिकृत झलेन्द्र प्रसाद दाहलले बताउनुभयो । संस्थाले शेयर सदस्यहरुको हितको लागि प्राकृतिक मृत्यु राहत, आगोलागी क्षति वापत राहत, महिला सदस्य प्रशुति पौष्टीक आहार खर्च, सवारी दुर्घटना उपचार खर्च र घातक रोग उपचार खर्च जस्ता योगदानमा आधारित सदस्य सुरक्षा योजना अघि बढाएर शेयर सदस्यहरुको जीवन सहज जीउन समेत सहयोग पुर्‍याएको जनाएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्