नेपाल ट्रेड युनियन महासंघ जिफन्ट काभ्रेले विभिन्न पेशामा आवद्ध श्रमिकहरुलाई प्रशिक्षण कार्यक्रम शनिबार बनेपा भिलेज रिसोर्टमा सम्पन्न भयो । नेकपा एमाले काभ्रे जिल्ला इन्चार्ज एवं पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा नेकपा एमलो बागमती प्रदेश सदस्य कुमार थापा, मजदुर विभाग इन्चार्ज उद्धव केसी, नेकपा एमाले काभ्रे जिल्ला सह सचिव रिता ढकाल नेपाल ट्रेड युनियन महासंघ जिफन्ट बागमती प्रदेश सदस्य बलवहादुर लो. शान्ति कार्की, रामकुमार ढुङ्गाना लगायतका नेताहरुको आतिथ्यता रहेको थियो ।
नेकपा एमालेका पोलिटव्यूरो सदस्य गोकुल बास्कोटाले प्रशिक्षण कार्यक्रम सम्बोधन गर्दै जनताको बहुदलीय जनवादलार्य अक्षारस पालना गर्दै श्रमजीवी वर्गको हक हित, सामाजिक न्याय, सबै खालका सामाजिक विभेदको अन्त्यको लागि जनताहरुको वृहत्तर आर्थिक हित सुखि नेपाली समृद्ध नेपालको परिकल्पना कार नेकपा एमाले भएकोले त्यसलाई पुरा गर्न नेकपा एमालेको सरकार हुनुपर्ने धारणा राख्नुभयो । मजदुर संगठन, पेशागत संगठन, पार्टीका शुभेच्छुक संगठनहरुले आगामी मंसिर ४ गतेको निर्वाचनमा पार्टीलाई जिताउने अभियानमा जुट्न पोलिटव्युरो सदस्य बास्कोटाले निर्देशन दिनुभयो । मजदुर नेता एवं जिफन्ट काभ्रेका सहइन्चार्ज मोहन गजुरेलले कार्यक्रमको सञ्चालन गर्नु भएको थियो ।
