नेपाल सरकार शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय व्यावसायिक शिक्षा तालिम अभिबृद्धि परियोजना-दोस्रो अन्तर्गत अक्फोर्ड एडभान्स ईन्जिनियरिङ्ग कलेजद्वारा निःशुल्क ३ महिने सूचिकारको तालिम को २० जनालाई दिईयो । तालिममा सहभागिहरुलाई सी.टि.ई.भि.टी.को राष्ट्रिय सीप परीक्षण समितिले तयार पारेको राष्ट्रिय सिप प्रमाणपत्र व्यवसायिक तह —१ को प्रमाणपत्र वितरण काभ्रेका प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । तालिम संयोजक अर्जुन प्रसाद सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।
