नमोबुद्ध नगरपालिकाको प्रेस सल्लाहकारमा पत्रकार नगेन्द्र अधिकारी नियुक्त हुनु भएको छ । प्रेस युनियन काभ्रेका अध्यक्ष, नेपाल पत्रकार महासंघका पूर्व सचिव, कान्तिपुरकर्मी अधिकारीलाई नगर प्रमुख कुन्साङ लामाले नियुक्ति दिनु भएको हो। नमोबुद्ध नगरपालिका वडा नं ८ स्थायी घर भएका अधिकारी काभ्रेका क्रियाशिल, निडर सञ्चार कर्मीको रूपमा परिचित हुनु हुन्छ । उहाँ विगत डेढ दशक देखि संचारकर्ममा क्रियाशिल हुनुहुन्छ ।
