बागमती प्रदेश सरकारका मुख्य मन्त्री राजेन्द्र पाण्डेले स्थानीय तहलाई बलियो बनाए मात्रै नेपाल समृद्ध बन्ने दाबी गर्नुभएको छ । बुधबार जिल्ला समन्वय समिति काभ्रेको छैठौँ जिल्ला सभालाई सम्बोधन गर्दै उहाँले नेपालमा संघीयता भनेकै प्रदेश सरकार मात्रै भएको दावी गर्नुभयो । केपी ओली संघीयताको पक्षमा नरहेको भन्दै अहिलेका प्रधानमन्त्री शेर बहादुर देउवा पनि त्यहि बाटोमा लागेको उहाँले टिप्पणी गर्नुभयो । केपी ओलीले नै गरेको कामलाई शेर बहादुर देउवाले पनि निरन्तरता दिएको भन्दै मुख्यमन्त्री पाण्डेले असन्तुष्ति ब्यक्त गर्नुभयो । संघले प्रयोग गरेका धेरै अधिकार प्रदेशलाई हस्तान्तरण गरिनु पर्ने बताउँदै मुख्यमन्त्री पाण्डेले पालिकाहरुमा पठाउने कर्मचारीको खटनपटन, प्रदेश सरकारलाई चाहिने कर्मचारी समेत आफै राख्ने गरी अध्यादेश मार्फत ब्यवस्थापन गर्न लागिएको जानकारी दिनुभयो । समन्वय समिति काभ्रे प्रमुख दिपक कुमार गौतमले जिल्ला सभामा नीति तथा कार्यक्रम प्रस्तुत गर्नु भएको थियो । प्रस्तुत भएको नीति तथा कार्यक्रम सर्वसम्वत पास भएको छ ।
आर्थिक वर्ष २०७८/२०७९ मा भएका कार्यहरुको समिक्षा गर्दै सभामा आगामी दिनमा गर्ने कार्यक्रमहरुलाई पास गरिएको थियो । स्थानीय सरकारको उपलब्धी, अभ्यास र अनुभव, समन्वय समितिका पाँच वर्ष र जिल्ला बस्तुगत विवरण नामक पुस्तक प्रकाशन गरिएको थियो । कार्यक्रममा संघीय सासद गंगाबहादुर दोङ्ग, पुर्व राज्य मन्त्री सुर्यमान दोङ, संविधान सभा सदस्य तिर्थ लामा, रामहरी सुवेदी, काठमाडौ विश्वविद्यालयका उपकुलपति प्राध्यापक डा. भोला थापा, जिल्ला समन्वय समिति महासंघका अध्यक्ष नवराज गेलाल, समन्वय समिति काभ्रेका पूर्व प्रमुख उद्धव केसी, मण्डनदेउपुर नगरपालिका प्रमुख टोकबहादुर वाईवा, प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, खानीखोला गाउँपालिका अध्यक्ष इन्द्रबहादुर थिङ्ग, पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेल, पत्रकार महासंघका अध्यक्ष बद्रिराज तिमस्सिना लगायतले आ-आफ्नो धारणा राख्नु भएको थियो । उपप्रमुख रिमबहादुर तामाङले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको सञ्चालन जिल्ला समन्वय अधिकारी शान्तीराज प्रसाईले गर्नु भएको थियो । काठकाण्डौ विश्व विद्यालयको सहयोगमा हाइटेक प्रविधि मार्फत उद्घाटन गरिएको कार्यक्रममा संघीय सासद नविना लामा, प्रदेश सांसद लक्ष्मण लम्साल, चन्द्र लामा, रत्न ढकाल, १३ वटै पालिकाका प्रमुख, उपप्रमुख, सञ्चारकर्मी, कार्यालय प्रमुखहरु लगायतको उपस्थिति रहेको थियो ।
