IMG-LOGO

ज्ञानमाला भजन खलःको राष्ट्रिय सम्मेलन बनेपामा

 मंगल, भदौ ७, २०७९  ---

              “दशौँ राष्ट्रिय ज्ञानमाला सम्मेलन” पुष २३, २४ र २५ गते काभ्रेको बनेपा पार्टी भेन्युमा हुने भएको छ । शुक्रबार विशेष बैठकको आयोजना गर्दै बनेपा स्थित वांख्यः ज्ञानमाला भजन खलः ले १० औँ राष्ट्रिय सम्मेलनको व्यवस्थापन समिति र क्षेत्रिय उपसमितिहरु गठन गरेको छ । वांख्यः ज्ञानमाला भजन खलः बनेपाका अध्यक्ष जगत नारायण मानन्धरको अध्यक्षतामा जिल्ला व्यवस्थापन समिति गठन भएको हो । बुद्धको जन्मभूमी नेपालमा हो भन्ने जनमानसमा सहज एवं सशक्त ढङ्गबाट बुद्ध शिक्षा प्रचार प्रसार गर्नको निम्ति वि.सं २०५१ चैत्र १८ गते स्थापना भएको “नेपाल राष्ट्रिय ज्ञानमाला समितिको’ देश भरि सञ्चालन भई रहेको ज्ञानमाला भजन खलः हरुलाई एउटै छाता मुनि सङ्गठित गरेर प्रत्येक ३/३ वर्षमा उपत्यका भित्र तथा देशको विभिन्न जिल्लाहरुमा राष्ट्रिय सम्मेलन हुने गरेको बताईएको छ । केन्द्रिय महासचिव इन्द्रमणी शाक्यले सञ्चालन गर्नु भएको कार्यक्रम अध्यक्ष जगत नारायण मानन्धरको सभापतित्वमा सम्पन्न भयोे । प्रमुख अतिथि राहुल मास्थविर रहनु भएको विशेष बैठकमा वांख्यः ज्ञानमाला भजन खलः बनेपाका उपाध्यक्ष त्रिरन्त रञ्जितकार, सचिव वुद्ध कुमार रञ्जितकार, सहसचिव उत्तम खयगुली मानन्धर, कोषाध्यक्ष गौतम मानन्धर लगायत सदस्य एवं सल्लाहकारहरुको उपस्थिति रहेको थियो ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्