IMG-LOGO

रहेनन् प्रदिप गिरी

 मंगल, भदौ ७, २०७९  ---

         नेपाली कांग्रेसका नेता समाजवादी चिन्तक सादा जीवन र उच्च विचारका एउटा अद्भूत व्यक्तित्व प्रतिनिधि सभाका सांसद प्रदिप गिरी शनिबार राती महाप्रस्थान गरेका छन् । उनको निधनमा राष्ट्रपति विद्यादेवी भण्डारी देखि सर्वसाधरण समेतले सामाजिक संजालमा अल विदा भनेर शोक श्रद्धाञ्जली अपणर् गरे, आइतबार उनको पशुपति आर्यघाटमा दाहसंस्कार भएको छ । गिरी एउटा बेजोड ज्ञानवान मान्छे थिए । ढोंगी थिएनन्, जीवन दर्शन अध्यात्म र प्रेमको फराकिलो परिभाषा गर्ने उनकै जीवन भने अव्यवस्थित थियो ।

       जीवन जन्म र मृत्यु बीचको समय हो । जसले जे काम गर्छ त्यसै आधारमा समुदायका मान्छेले सम्झने हो । हामी सबै मान्छेले मृत्यु बोकेर हिडिरहेका छौँ । अरु मर्दा आफू मरिने कुरा एक निमेष पनि मान्छेले सोच्दैनन् तर मृत्यु सत्य हो गिरीले हामीलाई यि र धेरै विषयमा चिन्तन, मनन गर्न छोडेर गएका छन् । ति असल बौद्धिक व्यक्तित्वलाई काभ्रे टाइम्सको भावपूणर् हार्दिक श्रद्धाञ्जली !!

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्