१ सय २० अघि देखि चल्दै आएको बनेपाको सनातन कन्या पुजा यस वर्ष पनि भव्य रुपमा सम्पन्न भएको छ । कोभिड-१९ को कारण २ वर्ष देखि हुन नसकेको कन्या पुजा यस पटक भएको हो । बनेपाको लायकु मञ्च देखि चण्डेश्वरी मार्ग र बनेपाको चारदोवाटो चोक सम्म्को लाइनमा कन्याहरुलाई राखेर कृष्ण अस्टमिको दिन शुक्रबार भव्य रुपमा सम्पन्न भएको कुरा कन्या पुजा प्रवन्ध समितिका अध्यक्ष राम गोपाल कायस्थले जानकारी दिनुभयो ।
विगत वर्षहरुमा पनि करिव १ सय २० जना भक्तजनहरुले पुजा र प्रसाद सहित कन्याहरुलाई पुजिदै आएको छ । हरेक वर्षको कृष्ण अष्टमीको दिनमा सम्पन्न गरिने कन्या पुजा यस पटक पनि करिव ८ हजार जति कन्याहरु पुजीएको कुरा समितिका सचिव शुरकृष्ण बैद्यले जानकारी दिनुभयो । बनेपाका नगरप्रमुख शान्ति रत्न शाक्य, स्थानीय भक्तजनहरुको कन्या पुजामा सहभागिता रहेको थियो ।
