IMG-LOGO

बनेपामा रविको गर्जन

 मंगल, सावन २४, २०७९  ---

 

       राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले राजनैतिक विषय आफ्नो लागि नयाँ भए पनि देशको हितमा दत्तचित्त भएर काम गर्ने बताउनु भएको छ । सोमबार बनेपामा पार्टीको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै उहाँले आफ्नो पार्टीले भ्रष्टाचारीको संरक्षण कहिल्यै नगर्ने, आफन्तलाई कहिल्यै नजिक नराख्ने र देशको हित विपरीत कार्यमा सहभागि नहुने उल्लेख गर्नुभयो । नेता हुन कस्तो हुनुपर्छ, कुन भेषभुषा, कस्तो बोलिचाली हुनुपर्छ आफूलाई थाहा नभएको तर सच्चा इमान्दार भई जनताको हितमा काम गर्ने कुरा मात्रै आफूलाई थाहा भएको उहाँले तर्क गर्नुभयो । नेपालका २५ जना जति नेताले राजनीतिबाट विश्राम लिई युवाहरुलाई नेतृत्व दिए देशले काँचुली फेर्ने भन्दै उहाँले घण्टी चिन्हमा मतदान गरी आगामी निर्वाचनमा आफू र आफ्नो पार्टीलाई विजयी गराउन आग्रह गर्नुभयो । कार्यक्रममा काभ्रे जिल्लाका विभिन्न पालिकाबाट उपस्थित भएका युवाहरुले आ-आफ्नो परिकल्पना प्रस्तुत गरेका थिए । पार्टीका प्रवक्ता डा.मुकुल ढकाल लगायतले सम्बोधन गरेको कार्यक्रममा बन्दशत्रबाट पार्टी संरचना विस्तार गरिने बताइएको छ । बनेपा पार्टी भेन्युमा सोमबार आयोजीत कार्यक्रममा पार्टी सभापति रवि लमिछानेले गर्जनका साथ भन्नुभयो । अबको मुलुक हाँक्ने जिम्मेदारी जनताले युवाको काधमा सुम्पनु पर्ने उहाँको कथन थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्