IMG-LOGO

पनौतीको गोमाले राखिन् गिनिज वल्र्डमा रेकर्ड

 मंगल, सावन २४, २०७९  ---

 

              पनौती-१ रानीकोटकी गोमा सापकोटाले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल हुनु भएको छ । एक मिनेटमा २४९ पटक टेवल टेनिस प्याडल प्रयोग गरेर सर्वाधिक बैकल्पिक हिटको लागि गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सापकोटालाई पनौती नगरपालिकाको वडा नम्बर १ कार्यालयले आइतबार श्री शान्ति निकेतन मावि ढाँडाचौरको प्राङ्गणमा सम्मान गरेको छ ।

              नगरप्रमुख रामशरण भण्डारी, वडा अध्यक्ष जयकुमार तामाङले गिनिज वल्र्ड रेकर्डमा नाम लेखाउन सफल सापकोटालाई सम्मान गर्दै नगरको शान राखेकोमा उच्च प्रशंसा गर्नुभयो । ३ वर्ष देखिको निरन्तर प्रयास पछि आफुले नाम लेखाउन सफल भएको र आगामी दिनमा अरु विधामा समेत रेकर्ड राख्न प्रयासरत रहने सापकोटाले बताउनुभयो । १० वर्ष अघि अम्बिका प्रसाद निरौलाले राखेको रेकर्ड ब्रेक गर्दै उहाँले नाम लेखाउनु भएको हो ।               - सम्यक् लुईटेल

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्