IMG-LOGO

गोपालदास रहनु भएन

 मंगल, सावन २४, २०७९  ---

 

       काभ्रे कांग्रेसको एउटा जिउँदो इतिहासको अन्त्य भएको छ । गोपालदास बादे जहानिया राणा शासन अन्त्यका लागि नेपालमा प्रजातन्त्र ल्याउन लडेका एउटा अथक योद्धा हुनुहुन्थ्यो । ९७ बर्षको उमेरमा साउन १८ गते बुधबार  आफ्नै निवास बनेपामा देहावहान भएको हो  । उहाँका २ छोरा ३ छोरी छन् । नेपाली कांग्रेस बागमती प्रदेशका महामन्त्री कञ्चनचन्द्र बादे श्रेष्ठ, गोपालदास बादेका सुपुत्र हुन् । महिला नेतृ जीवना बादे श्रेष्ठ छोरी हुन् । २०४८ देखि २०५९ सम्म नेपाली कांग्रेस काभ्रेको राजनीति गोपालदास बादे श्रेष्ठ कै निवासबाट सञ्चालित हुन्थ्यो ।

              मेरा कथाका पानाहरुमा गणेशमान सिंहले बताएको कुरा माथवरसिंह बस्नेत लेख्छन् ( काभ्रेमा राजदाश बादे श्रेष्ठ, हर्षलाल ख्वाखल बादे, गोपालदास बादे र आशाकाजी वैद्य, नेपाली कांग्रेसको संगठन काभ्रेमा फैलाउने नेता हुन् । राजदास वादे गोपालदाश बादेका आफ्नै दाई हुन् । उनकै प्रेरणाले गोपालदास बादे राजनीतिमा लाग्नु भएको थियो । गोपालदास बादेलाइ राजनीतिक नेताका अलवा श्रीकृष्ण प्रणामी धर्म र प्रणामी समुदायले अत्यन्तै श्रद्धाका साथ सम्मान गरेका थिए ।  काभ्रे टाइम्स साप्ताहिक परिवार  प्रजातन्त्र सेनानीलाई सदा स्मरण गर्दै भावपूणर्  श्रद्धाञ्जली अपणर् गर्दछ । साथै शोक सन्तप्त परिवारजनमा हार्दिक समवेदना प्रकट गर्दछ ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्