IMG-LOGO

आदीवासी जनजाती महासंघ (समाजवादी) काभ्रेको जिल्ला स्तरीय भेला

 मंगल, सावन १७, २०७९  ---

          पूर्व प्रधानमन्त्री झलनाथ खनालले पूँजीवादी जनवादी क्रान्तिको अन्त्यपछि मात्रै देश समाजवादतर्फ उन्मुख हुने बताएका छन् । शनिबार नेपाल आदीवासी जनजाती महासंघ (समाजवादी) काभ्रेको जिल्ला स्तरीय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री खनालले भने देश अब लोकतान्त्रिक गणतन्त्रको अवस्थामा आइपुगेको छ । तर अझै पनि हाम्रा गाँस, बास, कपासका समस्याहरु हल भइसकेका छैनन् । दलाल पूँजीवादले आम जनतालाई शोषण गर्ने काम अझै पनि जारी रहेको छ । कार्यक्रममा नेकपा एकीकृत समाजवादी केन्द्रका पोलिटब्यूरो सदस्य कृष्ण प्रसाद सापकोटाले समाजलाई रुपान्तरण गर्न समाजवादी क्रान्तिले महत्वपूणर् भूमिका खेल्ने धारणा व्यक्त गरे । नेकपा एकीकृत समाजवादी केन्द्रका सदस्य तथा जिल्ला अध्यक्ष टोक बहादुर वाइबाले एकीकृत समाजवादी पार्टी स्थापित गर्न संगठन विस्तार अभियानमा लागिएको बताए छन् ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्