नेपाल भोकेसनल सेन्टरको बहुउद्देश्यीय पनौतीको भवनको शिलान्यास समारोहको उद्घाटन गणतन्त्र नेपालका प्रथम राष्ट्रपति डा. रामबरण यादवले गर्नुभयो । समारोहलाई सम्बोधन गर्दै पूर्व राष्ट्रपति यादवले देशको शैक्षिक जनशक्ति उत्पादन मुलुकको वृहत्तर हितमा लगाउन सक्ने वातावरण सरकारले गर्न सक्नु पर्ने धारणा राख्नुभयो । पनौती नगरपालिकाका प्रमुख रामशरण भण्डारी, एकेडेमीका अध्यक्ष राविन्द्र पुरी, रविन्द्र पुरी फाउण्डेशनले नेपाल भोकेश्नल सेन्टरलाई १ सय ७ रोपनी जग्गा हस्तान्तरण गरेको छ । पनौती नगरपालिका वडा नं ४ डिहि गाउँमा बहुआयामिकभवन निर्माणका लागि जर्मन नागरिक हान्स ज्वाकीय स्नाइडरले ७ करोड सहयोग गर्ने बताइएको छ ।
