नेपाल विद्युत प्राधिकरणका प्रमुख कार्यकारी निर्देशक कुलमान घिसिङले चालु आर्थिक वर्षमा भारतलाई १६ अर्ब रुपैयाको विजुली विक्री गर्ने बताउनु भएको छ । आइतबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) ले आयोजना विद्युत व्यापारमा पहुँच सम्बन्धी कार्यक्रममा उहाँले गत आ.व. मा ५ अर्बको बिजुली भारतलाई विक्रि गरेको बताउनुभयो ।
बल्ल त नेपालले विद्युत विक्रि गरेर आम्दानी गर्न प्रारम्भ गरेकोमा निजी क्षेत्रलाई विद्युत व्यापारमा सम्लग्न गराउन नहुने बताउन भयो। उद्योगीहरूले मागेजती विद्युत प्राधिकरणले उपलब्ध गराउने बताउँदै विद्युतीय साधन चलाउँदा प्रति किलो मिटरमा रु १ भन्दा बेसी खर्च नहुने कुरा प्रमुख कार्यकारी निर्देशक घिसिङ्गले बताउनुभयो ।
