IMG-LOGO

उप-योग शिक्षक प्रशिक्षण शुरु

 मंगल, सावन १०, २०७९  ---

     पंतजली योग समिति काभ्रेको आयोजना र राधाकृष्ण योग साधना केन्द्र बनेपा नालाको संयोजनमा बनेपाको २ नं. वडा नालामा १२ दिने योग उप-शिक्षक प्रशिक्षणको एक समारोहका विच पंतजली योग समिति बाग्मती प्रदेश प्रमुख ग्रुविन तौजलेले उद्घाटन गर्नुभयो ।

      सो अवसरमा प्रमुख अतिथि तौजलेले पशिक्षण पश्चात योग-उपशिक्षकहरुले आपूmले जानेका योग अभ्यासबाट स्वस्थ समाज निमाणर्को लागि दत्त चित्त भई लाग्नु पर्ने बताउनुभयो । २० जना प्रशिक्षार्थी सहभागी उक्त प्रशिक्षणको उद्घाटन समारोहमा स्वागत मन्तव्य महिला पंतजली योग समितिका अध्यक्ष अनु श्रेष्ठले गर्नुभएको कार्यक्रमको सभापतित्व पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठले गर्नु भएको कार्यक्रममा उपाध्यक्ष प्रकाश कायष्ठ, युवा अध्यक्ष रमेश श्रेष्ठ, महिला सदस्य सन्ध्या रञ्जितकार र बनेपा नगरका संयोजक मनिषा बडालले योगको उपयोगिता बारे मन्तव्य राख्नुभएको थियो ।

      यसै विच विगत २८ महिना देखि कोरोनाको कारण बन्द भई रहेको काभ्रे उद्योग बाणिज्य योग साधना केन्द्रको योग साधना अभ्यास पंतजली योग समिति बाग्मती प्रदेश सदस्य दमन कुमार श्रेष्ठले शुभारम्भ गर्नु भएको छ । शुभारम्भ कार्यक्रमको प्रमुख अतिथि दमन कुमार श्रेष्ठले योग साधना केन्द्र अव देखि दैनिक रुपमा संचालन हुने भएको हुनाले पुराना साधक साधिकाबाट निरन्तरता दिनुहुन अनुरोध गर्नुभयो । सो कार्यक्रममा बनेपा नगर संयोजक मनिषा बडाल, युवा उपाध्यक्ष अशोक सिं, महिला अध्यक्ष अनु श्रेष्ठ, पंतजली योग समिति काभ्रेका अध्यक्ष हरिशरण श्रेष्ठ, काभ्रे उद्योग बाणिज्य योग साधना केन्द्रका संयोजक केशव बन्जारा, उपाध्यक्ष प्रकाश कायष्ठ, महिला महामन्त्री कमला राजभण्डारी, युवा सदस्य राजेन्द्र सापकोटा लगायतले मन्तव्य राख्नुभएकोे थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्