नेपाल सेवा केन्द्रको मिति २०८९ साउन ७ गते सम्पन्न भएको साधारण सभाले आ.व. २०७९/०८० कालागी कुल रु १ लाख आयव्यय भएको बजेट तथा कार्यक्रम स्वीकृत गरेको छ । केन्द्रका अध्यक्ष देवीप्रसाद नेपालको अध्यक्षतामा केन्द्रको कार्यालय सरस्वतिनगर, चावहिलमा सम्पन्न भएको साधारण सभाले आ.व. २०७८/०७९ मा सम्पन्न भएका कार्यक्रमको समीक्षा गर्नुका साथै सोही आ.व. को लेखा परीक्षण प्रतिवेदन समेत स्वीकृत भएको सेवा केन्द्रका सचिव ध्रुवराज नेपालले बताउनु भयो ।
