गतिशीलता र क्षमताको अभिवृद्धि गर्दै - रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ पोखराले द काओ झाङ झीफाउन्डेसन ताईवान सँग सहकार्य गरी शारीरिक रूपमा अपाङ्गता भएका व्यक्ति, ज्येष्ठ नागरिक, अस्पताल पुर्न स्थापना केन्द्र, स्पाइनल इन्जुरी भएका व्यक्तिहरू र अस्पतालका आकस्मिक बिरामीहरूलाई ३,००० ह्वील चेयर निःशुल्क वितरण गर्नु भएको छ । रोटरी क्लब अफ धुलिखेल र रोटरी क्लब अफ धुलिखेल पोखराले गत शुक्रबार सशस्त्र प्रहरी बल, हलचोकको मुख्यालयमा आयोजना गरिएको एक कार्यक्रम मार्फत १,००० वटा व्हील चेयर वितरण गरिएको थियो ।
सो कार्यक्रममा रोटरी इन्टरनेशनलका निवर्तमान अध्यक्ष शेखर मेहता, प्रमुख अतिथिका रुपमा रहनु भएको थियो भने विशेष अतिथिका रुपमा रोटरीका डिष्ट्रिक्ट् गभर्नर जितेन्द्र राजभण्डारी रडी आईजी विदुर खड्काको उपस्थितिमा ह्वील चेयर वितरण कार्यक्रम सम्पन्न भएको थियो । साथै पुर्व डिष्ट्रिक्ट् गभर्नर किरणलाल श्रेष्ठले स्वागत मन्तव्य दिनु भएको थियो । रोटरी क्लब अफ धुलिखेलका पुर्व अध्यक्ष अशोक श्रेष्ठले नेपालमा ह्वील चेयर ल्याउन सहयोग गर्ने सबै साझेदारहरूलाई धन्यवाद व्यक्त गर्दै कार्यक्रमको समापन गर्नु भएको थियो । सेप्टेम्बर २०२२ मा दीकाओ झोङ झी फाउन्डेशन- ताइपेई, ताइवानबाट २००० थप ह्वील चेयरहरू आउँदैछन् र सो ह्वील चेयरहरू एक कार्यक्रमको बिच वितरण गरीने जनाएको छ ।
