शिर मेमोरियल एड्भेन्टिष्ट हस्पिटल, मेडिकल इन्ष्टिच्युट कलेज अफ नर्सिङ बनेपाले आइतबार ीयखभ बलम कजबचष्लन कार्यक्रम अन्तर्गत स्वास्थ्य परीक्षण, स्वास्थ्य शिक्षा, पौष्टिक आहार प्रदर्शन कार्यक्रम सम्पन्न गरेको छ । काभ्रे वहिरा विद्यालय बनेपामा सम्पन्न कार्यक्रममा विद्यालयका ८१ जना विद्यार्थीका साथै स्थानीयहरुले निःशुल्क स्वास्थ्य परीक्षण गराएका छन् । बनेपा नगरपालिका वडा नं ९ का वडा अध्यक्ष नृपेश बादेको प्रमुख आतिथ्यता एवं शिर मेमोरियल एड्भेन्टिष्ट हस्पिटलका प्रमुख कार्यकारी अधिकृत डा. हेक्टर जि. गयारिसको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा कलेज अफ नर्सिङको तेस्रो र चौथो वर्षमा अध्ययनरत विद्यार्थीहरुका साथै अन्य डाक्टरहरुले स्वास्थ्य सेवा प्रदान गरेका थिए ।
कलेज अफ नर्सिङ उप-प्राध्यापक प्रतिमा मानन्धरले सञ्चालन गर्नु भएको कार्यक्रममा बनेपा वडा नं ५ का वडा अध्यक्ष बलराम अधिकारी, एकेडेमीक डाइरेक्टर ताराजंग गुरुङ, प्रिन्सिपल निर्मला मानन्धर, काभ्रे वहिरा विद्यालयकी प्रिन्सिपल कृष्णप्यारी नकर्मी लगायतले सम्बोधन गर्नुभएकोे थियो भने कलेज अफ नर्सिङ भ्ऋब् अध्यक्ष रचिता न्यौपानेले धन्यवाद ज्ञापन गर्नुभयो । ीयखभ बलम कजबचष्लन कार्यक्रम गत क्रिसमसबाट समुदायमा स्वास्थ्य, सचेतना, जागरण ल्याउने उद्देश्यले सञ्चालन गरिएको हो ।
