IMG-LOGO

धुलिखेल नगरलाई ह्वील चेयर हस्तान्तरण

 मंगल, सावन १०, २०७९  ---

      धुलिखेल, धुलिखेल नगरपालिकालाई रोटरी क्लव अफ धुलिखल काभ्रेले ह्वील चेयर हस्तान्तरण गरेको छ । नगर प्रमुख अशोक व्याञ्जुलाई रोटरी क्लव अफ धुलिखेल अध्यक्ष जीवनकाजी श्रेष्ठले २ सय ५० थान ह्वील चेयर हस्तान्तरण गर्नुभयो । कार्यक्रममा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रेका अध्यक्ष अशोक श्रेष्ठ र क्लवको उपाध्यक्ष जोत्सना सैंजु, धुलिखेल नगरपालिकाका जनप्रतिनिधिहरुको उपस्थिति रहेको थियो । धुलिखेल नगरपालिकाले अपाङ्ग मैत्री शहर निर्माणको लागि अपाङ्ग, दलित र गरिव भएकै कारण कोही कसैबाट अपहोलित हुनु नपरोस भनेर वार्षिक नीति कार्यक्रम र बजेटमै सम्बोधन गरी कार्य अघि बढाइएको कुरा नगर प्रमुख अशोक व्याञ्जुले कार्यक्रममा बताउनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्