IMG-LOGO

जिल्ला प्रशासन कार्यालय काभ्रेको वार्षिक समिक्षा कार्यक्रम

 मंगल, सावन १०, २०७९  ---

 

      जिल्ला प्रशासन कार्यालय काभ्रेपलाञ्चोकले आर्थिक वर्ष २०७८ साउन देखि २०७९ असार मसान्तसम्म भएको प्रगति सार्वजनिक गरेको छ । जिल्ला प्रशासन कार्यालय काभ्रेबाट अघिल्लो आर्थिक वर्षमा १६ हजार ८ सय १४ वटा नयाँ तथा १० हजार ७ सय २४ वटा प्रतिलिपि नागरिकता वितरण भएको जनाएको छ । राहदानी सिफरिस ४ हजार ४ सय ४३ जनाले लिए भने त्यसबापत प्रशासन कार्यालयमा ५ करोड १४ लाख ४४ हजार ५ सय रुपैँया संकलन भएको छ । २८ हजार ९ सय ६८ जनाले राष्ट्रिय परिचय पत्र अभिलेखिकरणका लागि फोटो खिचाएका छन् ।

      प्रशासनिक दण्ड जरिवाना ८७ हजार ९ सय, परीक्षा शुल्क बापत ७ हजार, बेरुजु १० हजार, सरकारी सम्पत्ति विक्रीबाट ११ हजार, अन्य राजश्व १ लाख ४९ हजार ७ सय ५० संकलन भएको सहायक प्रमुख जिल्ला अधिकारी अमरदिप सुनुवारले जानकारी दिनुभयो । प्रशासन कार्यालयमा १ सय २७ मुद्दा दर्ता, ३९ फैसला भएको, गुनासो र कारवाही १ सय ४४ वटा दर्ता भएको बताइएको छ । प्रशासन मार्फत १३ वटा आगलागि भएकालाई २ लाख २२ हजर उपलब्ध गराईएको छ भने ३१ स्थानमा बाढीपहिरो क्षति बापत ५९ हजार २ सय वितरण गरिएको छ । चट्याङ्गमा मृत्यु भएका दुई जनालाई ४ लाख रकम वितरण गरिएको जनाइएको छ । प्रगती सार्वजनिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे, सुरक्षा निकायका प्रमुखहरु, कार्यालय प्रमुखहरु एवं प्रतिनिधि र सञ्चारकर्मीहरुको उपस्थिति रहेको थियो  ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्