नेपाल प्रेस युनियनको नवौं महाधिवेशन केन्द्रीय सदस्यमा काभ्रेका पत्रकारद्वय नारायण सापकोटा र कपिल कोइराला निर्वाचित भएका छन् । हेटौंडामा सम्पन्न महाधिवेशनमा नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष नारायण सापकोटा खुल्ला तर्फबाट र प्रेस युनियन काभ्रेका निवर्तमान अध्यक्ष कपिल कोइराला खस आर्य तर्फबाट केन्द्रीय सदस्यमा निर्वाचित भएका हुन् ।
