IMG-LOGO

गुरु पुर्णिमामा गुरुहरु सम्मानित

 मंगल, सावन ३, २०७९  ---

 

      सञ्जीवनी नमुना माध्यमिक विद्यालय एस.एल.सी २०४९ समुह धुलिखेल र लायन्स क्लव अफ काठमाण्डौको संयुक्त आयोजनामा गुरु पूर्णिमाको दिन सञ्जीवनी स्कुलका पूर्व प्रधानाध्यापकहरु र शिक्षकहरुलाई सम्मान गरिएको हो । सञ्जीवनी मावि एस.एल.सी २०४९ समूह धुलिखेलद्वारा स्थापीत पूर्णमान सिंह बस्न्यात स्मृति छात्रवृत्ति एवं दुर्गाप्रसाद शास्त्री स्मृति  पुरस्कार समेत वितरण गरेको थियो । प्रमुख अतिथि धुलिखेल नगरपालिका उपप्रमुख निराजन जंगम, पूर्व प्रधानाध्यापक वेदप्रसाद कोजु, सानुकाजी महत, वर्तमान प्रधानाध्यापक लोकेन्द्र प्रसाद ढकाल, पूर्व शिक्षक उदय भूषण जंगम, सञ्जीवनी नमुना २०४९ एस.एल.सी समूहको सल्लाहकार रमेश प्रसाद हुँमागाई लगायतले मन्तव्य राख्नु भएको थियो ।

      पूर्णमान सिंह बस्न्यात स्मृति छात्रवृत्ति १५ जना विद्यार्थीहरुलाई र एसइइ टपर २०७९ शैक्षिक शत्र सञ्जीवनी स्कुलका एसइइ परिक्षामा उत्कृष्ठ अंक ल्याउने विद्यार्थी सुरोत थापा ३.९२ जीपिए, प्राविधिक तर्फ सामरा तिमल्सिना ४.०० जीपीए अंक ल्याउनेहरुलाई दुर्गा प्रसाद शास्त्री स्मृति कोषबाट पुरस्कार वितरण गरिएको थियो । पूर्व प्रधानाध्यापकहरु वेद प्रसाद कोजु, सानुकाजी महत, शिक्षकहरु चुनियालाल श्रेष्ठ, इश्वर कुमार बादे श्रेष्ठ, पवन प्रधान, गोपाल कृष्ण योगोल, पूर्ववहादुर कार्की, माधुरी गंगा यगोल, रामकेशरी श्रेष्ठ, रमा कर्णजीत लगायतका शिक्षकहरुलाई गुरु पूर्णीमाको दिन सम्मान गरिएको थियो । धुलिखेल नगरपालिकाका पूर्व नगरप्रमुख बेलप्रसाद श्रेष्ठ र लायन्स क्लव अफ काठमाण्डौ सञ्जीवनी धुलिखेलका अध्यक्ष सञ्जय कोजु, सञ्जीवनी नमुना मावि एस.एल.सी २०४९ समूहका अध्यक्ष दिपेन्द्र देवजु श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । कार्यक्रमको सञ्चालन कुमार दाहालले गर्नुभएको थियो ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्