प्रेस काउन्सिल नेपालको आयोजनामा काभ्रे जिल्लाबाट प्रकाशित पत्रपत्रिका र अनलाइन मिडियाका प्रकाशक सम्पादकहरु बीच एक दिने पत्रपत्रिका वर्गीकरण सम्बन्धी अन्तरक्रिया कार्यक्रम होटल सारथी धुलिखेलमा बुधबार सम्पन्न भयो । काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले कार्यक्रमलाई सम्बोधन गर्दै पत्रकारिता क्षेत्रको गरिमा उच्च राख्न सुदृढ गर्ने, प्रभावकारी बनाउने भन्ने मै काउन्सिल लागि परेको बताउनुभयो । प्रविधिको विकास सँगै बस्तु परक यथार्थ सामग्री प्रवाह गर्ने जिम्मेवारी प्राप्त गरेका सञ्चार माध्यामहरुले जनताका जनजीवीकाका सवालहरुको उजगार गर्नु पर्ने कुरा काउन्सिल अध्यक्ष बस्नेतको धारणा छ । कुनै दलको पक्ष पोसण नगरी जनताहरको साझा मुद्दा उठाएर सञ्चार माध्यामले निर्वाह गर्नु पर्ने भूमिका र जिम्मेवार िपुरा गर्न सके मात्र सञ्चार माध्याम र सञ्चार कर्मको अर्थ रहने उहाँको तर्क थियो । पत्रपत्रिकाहरुले आचार संहिता नीति विधि पद्दतीलाई स्वीकार गरी स्थानीय सञ्चार माध्यामले ५० प्रतिशत स्थानीय सरकोकारका सवालहरु प्रकाशित गर्नु पर्ने काउन्सिल अध्यक्ष बस्नेतले भन्नुभयो । आगामी दिनमा पत्रपत्रिकाको विकासलाई सहयोग पुग्ने मुद्दाहरुलाई आएका सुझावहरुलाई कार्यान्वयन गर्दै जाने र अनलाइन मिडियाको सकारात्मक विकासको लागि प्रेस काउन्सिल नेपालको सिङ्गो टिमले सरकारलाई झकझकाउने कार्य गरेको काउन्सिल अध्यक्ष बस्नेतले बताउनुभयो ।
काउन्सिलका सञ्चालक गोपाल बुढाथोकीले प्रिन्ट मिडिया, पत्रकारिता क्षेत्रको विश्व विद्यालय भएको हुँदा सञ्चार माध्यामको गरीमा जोगाउन जनसरोकारका सवालहरु उठान गरी पत्रकारिताको व्यवसायिक विकासलाई अघि बढाउनु पर्ने धारणा राख्नु भयो । सञ्चालक सदस्य ठाकुर बेलवासेले देशमा १२ अर्बको विज्ञापन बजार छ त्यसको उपयोग ठूला मिडियाले मात्र गरेका छन् भने त्यस्तै स्थानीय सरकारले दिने विज्ञापनलाई जिल्ला कै सञ्चार माध्यामलाई दिने नीति बनाउने वातावरण तयार गर्न सबै लाग्नु पर्ने उहाँको तर्क थियो । काउन्सिलका प्रमुख अधिकृत झविन्द्र भुसालले पत्रकारिता पेशाको धर्म, मर्म र कर्मलाई ध्यान दिइ समाज रुपान्तरणको लागि सञ्चार माध्यामले योगदान दिनु पर्ने धारणा राख्नु भयो । साहित्यकार मोहन दुवाल, नेपाल पत्रकार पहासंघ काभ्रेका अध्यक्ष बद्रीराज तिमल्सिना, पूर्व अध्यक्षद्वय नारायण सापकोटा र मोतिराम तिमल्सिनाले मन्तव्य राख्नु भएको थियो । कार्यक्रममा पत्रपात्रिकाका प्रकाशक सम्पादकहरुले पत्रपत्रिका वर्गिकरणमा देखिएका विकृति विसंगतिलाई हटाइ न्याय संगत ढङ्गबाट वर्गिकरण गर्नु पर्ने र अनलाइन मिडियाहरुको विकासको मर्मलाई राज्यले बुझ्न सक्नु पर्ने सुझाव राखेका थिए । काभ्रेका संचार मध्यमहरुको कार्यलयमा गई प्रेस काउन्सिलको टिमले अनुगमन गर्नुभएको थियो ।
