IMG-LOGO

सरकारलाई कस्ले बढी कर तिरे

 मंगल, सावन ३, २०७९  ---

      आर्थिक वर्ष २०७८÷७९ मा सबैभन्दा धेरै कर तिर्ने १ नम्बरमा सूर्य नेपाल प्रालि परेको छ। कम्पनीले सूर्य चुरोट उत्पादन तथा वितरण गर्छ । कम्पनी १० अर्ब ७२ करोड कर दाखिला गर्दै १ नम्बर कम्पनी बन्न सफल भएको हो । यो रकममा मूल्य अभिवृद्धि कर (भ्याट) र आयकरलगायत शीर्षकका कर समावेश छन् । अर्थ मन्त्रालय स्रोत अनुसार, गए राति १२ बजेसम्म (असार मसान्तसम्म) दाखिला भएको कर विवरण अनुसार १ नम्बरको ताज सूर्यले यो पटक पनि जोगाएको हो । अघिल्लो वर्ष पनि यो कम्पनीले ९ अर्ब ३४ करोड कर दाखिला गर्दै पहिलो नम्बरमा परेको थियो। यो पटक पहिलेभन्दा १ अर्ब ३८ करोड धेरै कर दाखिला गरेको हो। सूर्य नेपालले चुरोट, सलाई, अगरबत्ति र कन्फेसनरी बिक्री गर्दै आएको छ । कम्पनीको सिमरा र तनहुँमा चुरोटको दुई वटा उद्योग छ । कम्पनीले विभिन्न ब्राण्डमा वार्षिक ३ अर्ब खिल्ली चुरोट उत्पादन र बिक्री वितरण गर्दै आएको छ । कम्पनीमा आइटीसी इन्डियाको ५९ प्रतिशत, नेपाली लगानीकर्ताको ३९ प्रतिशत र ब्रिटिस अमेरिकन टोब्याको (इन्भेष्टमेन्ट) लिमिटेड युकेको दुई प्रतिशत सेयर छ । सन् १९८६ मा स्थापना भएको यो कम्पनी धेरै कर तिर्ने सूचीको टपटेन भित्र सधैं पर्दै आएको छ ।

      कम्पनी बुझाएको कर रकम सूर्य नेपाल प्राली, १० अर्ब ७२ करोड, नेपाल दूरसंचार कम्पनी लिमिटेड ९ अर्ब ८२ करोड आजियाटा (एनसेल)७ अर्ब ७९ करोड गोर्खा बु्रअरी प्रालि ५ अर्ब ६९ करोड विद्युत प्राधिकरण ३ अर्ब ९५ करोड एनआइसी एसिया बैंक लिमिटेड ३ अर्ब ४१ करोड नबिल बैंक लिमिटेड ३ अर्ब ३२ करोड ग्लोबल आइएमई बैंक लिमिटेड ३ अर्ब १७ करोड सिद्धार्थ बैंक लिमिटेड २ अर्ब ७७ करोड राष्ट्रिय वाणिज्य बैंक लिमिटेड २ अर्ब ६५ करोड यसैगरी धेरै कर तिर्ने दोस्रो नम्बरमा नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (एनटीसी) रहेको छ । यो कम्पनीले ९ अर्ब ७२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा दोस्रो नम्बरमा परेको हो । अघिल्लो वर्ष यो कम्पनीले ९ अर्ब कर दाखिला गरेको थियो । यो वर्ष अघिल्लो वर्षको तुलनामा ८२ करोड धेरै कर तिरेको हो । निजी क्षेत्रको दूरसञ्चार कम्पनी एनसेलले गत वर्ष ७ अर्ब ५९ करोड राजस्व तिर्दै तेस्रो स्थानमा कायम गरेको छ । अर्थ मन्त्रालयका अनुसार, कम्पनीले अघिल्लो आर्थिक वर्षको तुलनामा ४१ करोड कम राजस्व तिरेको हो । पछिल्लो समयमा सामाजिक संजाल (ओटिटी) को बढ्दो प्रयोगले कम्पनीको भ्वाइसको व्यापार लगातार घट्दा नाफामै प्रभाव परेको छ । यसैगरी धेरै कर तिर्ने चौथो नम्बरमा गोर्खा बु्रअरी रहेको छ । नेपालमा सबैभन्दा धेरै बियर बिक्री गर्ने कम्पनीमा पर्छ । यो कम्पनीको गोर्खा, र्काल्सबर्ग, स्यानमिगल, सोमर्बी र टुबोर्ग बियर उत्पादन र बिक्री गर्दै आएको छ । कम्पनीले गत वर्ष ५ अर्ब ६९ करोड कर तिरेको छ। यसमा भ्याट र अग्रिम आयकर समावेश छ। अघिल्लो वर्ष यो कम्पनीले ४ अर्ब २४ करोड राजस्व तिर्दै चौथो नम्बरमा नै रहेको थियो ।

      विद्युत प्राधिकरणले गत वर्ष ३ अर्ब ९५ करोड कर दाखिला गर्दै पाँचौं स्थानमा परेको छ । सरकारी कम्पनी र निजी क्षेत्रको कम्पनीबाट उत्पादित विद्युत खरिद बिक्री गर्दै आएको प्राधिकरणले नाफा गरेको र अन्य शीर्षक गरी सो बराबर कर दाखिला गरेको हो । सरकारी संस्थान विद्युत प्राधिकरणले अघिल्लो वर्ष २ अर्ब ९० करोड राजस्व तिरेर आठौं नम्बरमा परेको थियो । निजी क्षेत्रबाट संचालित एनआइसी एसिया बैंक धेरै कर तिर्नेमा छैटौं नम्बरमा परेको छ । यो बैंक तथा वित्तिय क्षेत्रमध्येबाट सबैभन्दा धेरै कर तिर्ने बैंक बनेको छ । यो बैंकले ३ अर्ब ४१ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेमा सूचिकृत भएको हो । प्रत्येक वर्ष आन्तरिक राजस्व विभागले क्षेत्रगत धेरै कर दाखिला गर्ने कम्पनीलाई सम्मान गर्दै आएको छ । एनआइसी एसिया बैंकले कर दिवसमा सम्मानित हुने अवसर प्राप्त गर्नेछ। अघिल्लो वर्ष ३ अर्ब ६१ करोड कर दाखिला गर्दै पाँचौं नम्बरमा परेको थियो । तर यसपटक भने कर रकम भने घटेको छ । यसैगरी नबिल बैंकले ३ अर्ब ३२ करोड कर दाखिला गर्दै धेरै कर तिर्नेको सातौं नम्बरमा परेको छ । अघिल्लो वर्ष यो बैंकले ३ अर्ब ९७ करोड कर तिर्दैं बैंकिङ क्षेत्रभध्ये धेरै कर तिर्नेको १ नम्बरमा परेको थियो । यस्तै आठौं स्थानमा ग्लोबल आइएमई बैंक परेको छ। यो बैंकले गत वर्ष ३ अर्ब २१ करोड राजस्व तिरेको छ। सिद्धार्थ बैंक पनि धेरै कर तिर्नेको नवौं नम्बरमा परेको छ । दशौं नम्बरमा भने राष्ट्रिय वाणिज्य बैंक लिमिटेड रहेको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्