IMG-LOGO

गभर्नरको राजिनामा माग्दा हस्तक्षेप

 मंगल, सावन ३, २०७९  ---

 

            गभर्नर महाप्रसाद अधिकारीको राजीनामा माग्दा भएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेको छ । निषेधित क्षेत्रमा प्रवेश गर्न खोजेको भन्दै प्रहरीले प्रदर्शनकारीलाई रोकेपछि प्रहरी र प्रदर्शनकारीबिच घम्साघम्सी भएको हो । त्यस्तै प्रहरीले केही प्रदर्शनकारीलाई नियन्त्रणमा लिएको छ। विद्यार्थी संघ ( नेविसंघ) र अखिल क्रान्तिकारीले संयुक्तरुपमा विरोध कार्यक्रम गर्दै आएका छन् । उनीहरूले गभर्नर अधिकारी राजनीतिक दलमा आबद्ध भएको भन्दै सोमबार बिहान बालुवाटारस्थित राष्ट्रिय बैंक अगाडि प्रदर्शन गरेका हुन् ।

      विद्यार्थीहरुको प्रदर्शनलाई मध्यनजर गर्दै नक्सालदेखि बालुवाटारसम्म गाडी प्रवेशमा रोक लगाइएको छ । यस्तै, महाराजगञ्जबाट बालुवाटार आउने सवारी साधनलाई पनि डाइभर्ट गरिएको छ । हाल सो क्षेत्रमा बाक्लो संख्यामा सुरक्षाकर्मी तैनाथ गरिएको छ । एमालेको अर्थ विभागमा रहेका एम अधिकारी गभर्नर महाप्रसाद नै भएको आरोप लगाउँदै विद्यार्थीहरुले उनको बर्खास्ती माग गरेका हुन् । सरकार मौद्रिक नीति जारी गर्ने तयारीमा रहेको बेला गभर्नर विवादमा तानिएका हुन् । पार्टीमा गभर्नरको संलग्नताबारे अहिले सदनदेखि सडकसम्हहम बहस चर्किएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्