नेपाल एम्वुलेन्स सर्भिसले बनेपा नगरपालिकालाई सहयोग स्वरुप नयाँ एम्बुलेन्स प्रदान गरेको छ । शुक्रबार ए ग्रेडको सुविधा सहितको नयाँ एम्बुलेन्स प्राप्त गरे पछि नगरवासिको आपतकालिन स्वास्थ्य उपचारको लागि थप मद्दत पुग्ने नगरप्रमुख शान्तिरत्न शाक्यले बताउनुभयो । कार्यक्रममा नगर उपप्रमुख विमला सापकोटा दाहाल, वडाअध्यक्षहरु, एम्बुलेन्सका पहल गर्नु हुने उदयश्वर मकै लगायतको उपस्थिति रहेको थियो ।
