चौरीदेउराली, चौरीदेउराली गाउँपालिकाका कृषकहरुलाई अनुदानमा कृषि औजार हाते ट्याक्टर एक कार्यक्रमका बीच शुक्रबार वितरण गरेको छ । गाउँपालिका अध्यक्ष रेणुका चौलागाई र उपाध्यक्ष शेर वहादुर लामा तामाङले संयुक्त रुपमा कृषकहरुलाई कृषि औजार वितरण गर्नु भएको हो । कृषक समुह, कृषि फर्म र कृषकहरुलाई विभिन्न प्रकारका कृषि औजार विगतका वर्षहरुमा दिँदै आएको आ.व. २०७८÷०७९ को बजेटबाट कृषि औजार वितरण गरेको गाउँपालिकाले जनाएको छ ।
कृषि उपजमा बृद्धि ल्याउन कृषि औजार र विउविजन समेत सहुलियत दरमा वितरण गरिएको गउँपालिका अध्यक्ष रेणुका चोलागाईले बताउनुभयो । कृषकहरुलाई ४५ वटा ट्याक्टर, २ वटा थ्रेसर वितरण गरिएको ५ नं वडाका अध्यक्ष कृष्ण प्रसाद गौतमले बताउनुभयो । कार्यक्रममा कृषि शाखा प्रमुख उर्मिला रोक्का, पशु विकास शाखा प्रमुख मोहन केसी लगायतको सहभागिता रहेको थियो ।
