पतंजली योग समिति काभ्रेको आयोजनामा भुम्लु गाउँपालिकाको दोलालघाटमा २०७९ असार ११ गतेदेखि असार १६ गते सम्म आयोजित बृहत योग प्रशिक्षण र असार १७ गतेबाट असार २७ गतेसम्म भएको उप–योग प्रशिक्षणमा सहभागी ३० जना प्रशिक्षार्थीहरुलाई पतंजली योग समिति बाग्मती प्रदेशका संयोजक ग्रोविन तौजलेले समापन कार्यक्रममा प्रमाण पत्र वितरण गर्नुभएको हो ।
उक्त कार्यक्रममा प्रमुख अतिथि तौजलेले योग उप प्रशिक्षक हुनुभएका शिक्षकहरुबाट काभ्रे जिल्लालाई योगमय जिल्ला बनाउन सकृय भूमिकाको आशा गर्नुभयो । उक्त समारोहको सभापतित्व पतंजली योग समिति काभ्रेका आध्यक्ष हरीशरण श्रेष्ठले गर्नुभएको थियो भने स्वागत मन्तव्य महिला अध्यक्ष अनु श्रेष्ठबाट र प्रशिक्षार्थीहरुको तर्फबाट हौसला नेपालका अध्यक्ष सरला श्रेष्ठ र प्रेम कृष्ण श्रेष्ठ ज्यूबाट अनुभव व्यक्त गर्नुभएको थियो भने दोलालघाट उद्योग बाणिज्य संघका अध्यक्ष सुरेश कक्षपति, पतंजली योग समिति बाग्मती प्रदेशका सदस्य दमन कुमार श्रेष्ठ, सल्लाहकार सरिता शाक्य, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठले मन्तव्य राख्नुभएको उक्त कार्यक्रमको उद्घोषण पतंजली योग समितिका महामन्त्रि कमला कर्माचार्य राजभण्डारीबाट गर्नुभएको थियो ।
यसै विच भम्लु गाउँपालिकामा पंतजली योग साधना केन्द्रको स्थापना भएको छ । उक्त केन्द्रमा संयोजक सरला श्रेष्ठ, सह संयोजक एकराज श्रेष्ठ, महामन्त्री प्रेम कृष्ण श्रेष्ठ, संगठन मन्त्री कमल नारायण श्रेष्ठ, कोषाध्यक्ष सुन्दर श्रेष्ठ र सदस्यहरुमा अच्युत नारायण श्रेष्ठ, बलराम श्रेष्ठ, ममिता खरेल, मुना कुमारी पराजुली र आशा श्रेष्ठ रहनुभएको छ भने, सल्लाहकारहरुमा सुरेश कुमार कक्षपती, गोविन्द प्रसाद पराजुली , अशोक चन्द्र झा रहनुभएको छ । साथै पंतजली योग समिति दोलालघाट योग साधना केन्द्रमा संयोजक समिका श्रेष्ठ, सदस्यमा दुर्गादेवी श्रेष्ठ, विन्दिया श्रेष्ठ, सिया शरण भण्डारी र शंकर भण्डारी रहनुभएको छ भने सल्लाहकारमा सरला श्रेष्ठ र एकराज श्रेष्ठ रहनुभएको छ ।
