धुलिखेल, धुलिखेल नगरपालिकाले नगरभित्रका नागरिकहरूलाई गुणस्तरीय स्वास्थ्य सेवा पुर्याउने उद्देश्यका साथ समुदाय स्तरमा नै चेतना मुलक जागरण अभियान सञ्चालन गरेको छ । त्यस्तै गरी क्षयरोग मुक्त धुलिखेल नगर वनाउने अभियानका साथ १२ वटै वडामा चेतनामुलक कार्यक्रम र निशुल्क औषधी वितरण कार्यक्रम गर्दै आएको कुरा स्वास्थ्य शाखा प्रमुख सन्दिप केसीले बताउनुभयो । धुलिखेल वडा नं. ७ मा क्षयरोग मुक्त धुलिखेल निर्माणका लागी समुदाय स्तरको तालीम सम्पन्न गरेको धुलिखेल नगरपालीका स्वास्थ्य शाखा इञ्चार्ज सरोज थापाले बताउनुभयो ।
