IMG-LOGO

फरार तीन अभियुक्त पक्राउ

 मंगल, असार २८, २०७९  ---

      काभ्रेपलाञ्चोक जिल्ला अदालतबाट कैद तथा जरीवाना ठहर भई फरार सूचिमा रहेका ३ जना प्रतिवादीहरुलाई जिल्ला प्रहरी काभ्रेको सक्रियतामा पक्राउ गरेको छ । पक्राउ पर्नेमा सवारी ज्यान मुद्धामा फरार रहेको ४ वर्षपछि पनौती ११ का विशाल तामाङ पक्राउ परेका छन् । उनलाई जिल्ला अदालत काभ्रेले २०७५ जेष्ठ १६ गते ३ दिन कैद २ हजार रुपैयाँ जरिवाना फैसला गरेको थियो । त्यस्तै गरी भुम्लु गाउँपालिका वडा नं. ३ का ४६ वर्षीय दावा तामाङ जवरजस्ती करणी मुद्दा अन्तरगत जिल्ला अदालत काभ्रेले २०७२ बैशाख ८ गते २ वर्ष ६ महिना कैद फैसला गरेको थियो ।

      फरार सूचिमै रहेका प्रतिवादी ललितपुर जिल्ला टिकाथली–९ बस्ने ४५ वर्षीय सन्तोषी बस्नेत रहेका छन् । बनेपा वडा नं. ११ बस्ने ३९ वर्षीय रामप्रसाद दाहाल सवारी ज्यान मुद्दामा, भुम्लु गाउँपालिका वडा नं २ बस्ने २९ वर्षीय विक्रम खडका कुटपिट अभियोगमा अंगभङ्ग र मण्डनदेउपुर नगरपालिका वडा नं १२ का ४४ वर्षीय प्रीदप कुमार राक्से ठकुरीलाई हातहतियार, खरखजना मुद्दामा सोही नगरपालिका वडा नं. ३ का ३१ वर्षीय सञ्जय गुरुङ, सार्वजनिक अपराध मुद्दामा फरार रहेका व्यक्तिहरुलाई प्रहरीले नियन्त्रणमा लिई जिल्ला अदालत काभ्रेले गरेको फैसलालाई कार्यान्वयनमा थुनामा राखिएको जिल्ला प्रहरी कार्यालय धुलिखेल काभ्रेका डिएसपी एवं सूचना अधिकारी हरि खतिवडाले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्