कलांती भुमिडांडा रोशी बजार पनौती न पा १२ स्थित कलाँती भुमिडाँडा साना किसान कृषि सहकारी भवनमा प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना ब्लक विकास कार्यक्रम पशु सम्बन्धि यन्त्र तथा सामाग्री वितरण कार्यक्रम तथा नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा भुमिडांडा उपशाखाको आयोजनामा ५९ जना आजिवन सदस्यहरुलाई प्रमाण पत्र वितरण र मुटुरोगीहरुको लागि इसिजि गरि मुटुरोगको परिक्षण गरिएको थियो। साना किसानका अध्यक्ष कृष्ण प्रसाद हुमागाईको अध्यक्षतामा संचालित कार्यक्रमको उद्घाटन पनौती नगरपालिका प्रमुख रामशरण भण्डारीले गर्नु भएको लिपग बुद्धवीर तामाङले कार्यक्रमको संचालन गर्नु भएको कार्यक्रममा विशिष्ट अतिथि भेटेरीनरी अस्पताल धुलिखेलका प्रमुख राजकुमार हुमागाई, पनौती न.पा वडा १२ का वडा अध्यक्ष जयराम के.सी, नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे शाखा सभापति अशोक कुमार श्रेष्ठले शुभ कामना मन्तव्य राख्नु भएको थियो ।
५६ जना आजिनव सदस्य र सोही दिन थप ३ जना गरी ५९ जना आजिवन सदस्यहरुलाई प्रमाण पत्र पनि वितरण गर्नु भयो । कलाती भुमिडाँडा उपशाखाको पदाधिकारी सदस्यहरुको सर्व सम्मत कार्य समिति चयन गरिएको छ । सभापतिः राजेन्द्र हुमागाई, उप सभापति बुद्धविर तामाङ, उप सभापति, रोशन खत्री, सचिव अशोककुमार तामाङ सह सचिव सुस्मा तामाङ, कोषाध्यक्ष सलिम के.सी., सह कोपाध्यक्ष लाल बहादुर तामाङ्ग, सदस्यहरु सर्मिला राउत, दिक्षा तामाङ्ग सरोज थापा, राजकुमार तिमल्सिना निरज सापकोटा, कल्पना वि.क. रामचन्द्र के.सी, लक्ष्मण हुमागाई रहनु भएको थियो । मुटुरोगको रोकथाम जनचेतना अभिवृद्धि र मुटुरोग लाग्न नदिने उपाए बारे जानकारी गराइएको थियो ।
