IMG-LOGO

बिबिएको प्रश्नपत्र हुबहु मिलेको विषयमा छानविन समिति गठन

 मंगल, असार २८, २०७९  ---

      २६ असार, काठमाडौं । बीबीए छैटौं सेमेस्टरको प्रश्नपत्र हुबहु मिलेको विषयमा छानबिन गर्न त्रिभुवन विश्वविद्यालयले उच्चस्तरीय समिति बनाएको छ ।२२ असारमा एमजीटी २०३ः अर्गनाइजेशनल बिहेभियर विषयको प्रश्नपत्र मोर्डन नेपाल कलेजले आन्तरिक परीक्षाका लागि लिएको प्रश्नपत्रसँग हुबहु मिलेको थियो । त्यस्तै एसओसी २०२ः नेपलिज सोसाइटी एण्ड पोलिटिक्स विषयको प्रश्नपत्र भने अघिल्लो वर्षको प्रश्नपत्रसँग हुबहु मिलेपछि विरोध भएको थियो ।

      त्रिवि व्यवस्थापन संकायका डीन प्रा. डा. डिल्लीराज शर्माले आइतबार विज्ञप्ति जारी गर्दै परीक्षा सञ्चालन तथा व्यवस्थापनमा देखिएको समस्या तथा कमजोरीको अध्ययन गर्न छानबिन समिति गठन गरेको बताउनुभयो । यस्तै उनले प्रश्नपत्र निर्माणमा मर्यादा विपरीत काम गरेको पाइएको भन्दै प्रश्नपत्र निर्माणमा संलग्न व्यक्तिहरुलाई त्रिवि संगठन तथा शैक्षिक प्रशासन सम्बन्धी नियमअनुसार कारबाही पनि गरिएको बताएको छ ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्