नेपाल हृदयरोग निवारण प्रतिष्ठान काभ्रे र बनेपा नगरपालिका वडा नं ७ रोटरी क्लव अफ धुलिखेलको संयुक्त आयोजनामा मुटुरोग परीक्षण तथा महिला प्रजनन स्वास्थ्य शिविरको बनेपा नगरपालिका प्रमुख शान्तिरत्न शाक्यले उद्घाटन गर्नुभयो । वडा नं ७ का वडा अध्यक्ष हिट्लर शाक्य, वडा सदस्य रामप्यारी श्रेष्ठ लगायतको आतिथ्यता रहेको थियो । उक्त स्वास्थ्य शिविरमा १ सय ८७ जनाको मुटुरोग परीक्षण, ९७ जनाको इसीजी परीक्षण र ६० जना महिलाहरुको प्रजनन स्वास्थ्य परीक्षण गरिएको कुरा प्रतिष्ठान काभ्रेका सचिव सिद्धि बहादुर कर्माचार्यले जानकारी दिनुभयो । डा. राहुल श्रेष्ठ, डा. श्रेया श्रेष्ठले सहभागीहरुको स्वास्थ्य परीक्षण गर्नु भएको थियो । सविना श्रेष्ठ, पाल्वी प्रधान, कृष्ण सिकु र रुपा कर्माचार्यले स्वास्थ्य परीक्षण शिविरमा सक्रिय सहयोगको भूमिका निर्वाह गर्नु भएको थियो । उक्त कार्यक्रम सञ्चालन गर्न नेपाल परिवार नियोजन संघ काभ्रेले सहयोग पुराएकोमा आयोजकले घन्यवाद दिएको छ ।
