IMG-LOGO

न्यून गुणस्तरको खाद्य पदार्थ विक्री गर्नेलाई कारवाही सिफारिस

 मंगल, असार २८, २०७९  ---

      खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेले आ.व. २०७८÷०७९ मा काभ्रेमा रहेका ४ वटा फर्म÷पसललाई मुद्दा दायर गरेको छ भने १४ वटा फर्म÷पसललाई सम्बन्धित कार्य क्षेत्र भएको कार्यालयहरुमा मिसिल पठाइएको जनाएको छ । बनेपा–६ मा रहेको तिमल्सिना प्याकेजिङ एण्ड फुड प्रोडक्स, चण्डेश्वरी स्पेशल ताजा गुदपाक भण्डार बनेपा–८ ले अनुज्ञापत्र नलिकन कारोबार गरेको भन्दै जिल्ला अदालत काभ्रेमा मुद्दा दायर गरिएको छ । त्यस्तै जे.एम. दाना उद्योग बनेपा–८ ले दुषित दाना पदार्थ उत्पादन तथा विक्रि वितरण गरेको र बनेपा –८ मै रहेको इभर फ्रेश बेकरी एण्ड फुड प्रोडक्ट्सले विना लेवल खाद्य पदार्थ उत्पादन तथा विक्रि वितरण गरेको भन्दै जिल्ला प्रशासन कार्यालय काभ्रेमा मुद्दा दायर गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय काभ्रेका प्रमुख नारायण प्रसाद भट्टराईले जानकारी दिनुभयो ।

      यसैविच दुषित दाना÷खाद्य पदार्थ भेटिएकोले सिद्धार्थ पेलेट फिड इन्डस्ट्रिज हेटौडा, डावर नेपाल प्रा.लि बारा, नेपाल वेलहोप एग्रीटेक प्रा.लि भरतपुर, दुगड स्पाइसेस एण्ड फुड प्रोडक्ट्स विराटनगर, बटरफ्लाई फ्रुट क्यानिङ्ग कम्पनी बत्तिसपुतली, रिजाल टासी इन्ड्रस्ट्रिज सुनसरी, पैँचो पसल प्रा.लि गुल्मी, ओम चाबो बिरो फिड इन्ड्रस्ट्रिज बारा, आधुनिक फिड प्रोडक्स बालाजुलाई प्रारम्भीक अनुसन्धान पछि कारवाहिका लागि सम्बन्धित कार्य क्षेत्र भएको कार्यालयहरुमा मिसिल पठाइएको छ । त्यसैगरी न्यून गुणस्तरको खाद्य पदार्थ रहेको भन्दै क्वालिटि ओइल रिफाइनरी प्रा.लि मोरङ्ग, दुगड स्पाइसेस एण्ड फुड प्रोडक्ट्स विराटनगर र नेच्युरल फुड्स एण्ड स्पाइसेस प्रा.लि कोटेश्वरलाई विभिन्न मितिमा मिसिल पठाइएको खाद्य निरिक्षक अतिश घिमिरेले जानकारी दिनुभयो ।

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्