IMG-LOGO

श्रीमान वितेको ५८ वर्षपछि पेन्सन

 मंगल, असार २८, २०७९  ---

            पनौती — नेपाली सेनामा कार्यरत श्रीमान् मृत्यु भएको ५८ वर्षपछि पनौती–११ की ८४ वर्षीया रत्नकुमारी थापाले निवृत्तिभरण (पेन्सन) पाउनु भएको छ । दार्चुलाको टिंकर चेकपोस्टमा कार्यरत दुर्गाबहादुर थापा विसं २०२१ भदौमा तत्कालीन बझाङी राजाका निजी सेनाको आक्रमणमा परेर मारीनु भएको थियो । उहाँको पत्नी रत्नकुमारीलाई सेनाले बल्ल पेन्सन रकम दिन सुरु गरेको छ । २०१३ सालमा सेनामा भर्ना भएका दुर्गाबहादुर मृत्यु हुँदा ३० वर्षका थिए । 

            गत वर्ष पनौती आएका बेला तत्कालीन प्रधानसेनापति पूर्णचन्द्र थापालाई घटनाबारे बताएपछि सेनाले दुर्गाबहादुरले पाउनुपर्ने निवृत्तिभरणका लागि प्रक्रिया सुरु गरेको थियो । दुर्गाबहादुर त्यसबेला हिरासत गुल्ममा हुनुहुन्थ्यो । उक्त गुल्म हाल नारायण दल गण भइसकेको छ । रत्नकुमारीले २०७८ भदौदेखिको पेन्सन वापत मासिक २१ हजार रुपैयाँ पाउनु भएको छ । अब देखि रत्नकुमारीले नियमित रुपमा मासिक २१ हजार पेन्सन पाउनु हुन्छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्