बनेपा, जनप्रिय नेता स्व. मदन भण्डारीको ७१ औँ जन्मजयन्तीमा वृक्षरोपण कार्यक्रम सम्पन्न गरेको छ । बनेपा नगरपालिका वडा नं ६ गोसाइ स्थानमा प्रेस चौतारी नेपाल काभ्रेको आयोजनामा वृक्ष रोपण गरिएको हो । कार्यक्रममा नेकपा एमाले काभ्रेका ससचिव राजन भुर्तेल, उप–सचिव राजकुमार सापकोटा, प्रेस चौतारी नेपाल केन्द्रीय महासचिव हिरामान लामा, जिल्ला अध्यक्ष भुवन रायमाझी, गुरुकुलका विद्यार्थीहरु, नेकपा एमाले काभ्रेका प्रचार विभाग सह–संयोजक भोजराज तिमल्सिना, प्रेस चौतारी काभ्रे पूर्व अध्यक्ष नवराज बजगाई, पूर्व केन्द्रीय सदस्य केशवराज पौडेल, प्रदेश कमीटी उपाध्यक्ष रमा दाहाल, चौतारी सह–इन्चार्ज हरिषचन्द्र घिमिरे, प्रदेश समिटी सदस्य केदार तिमल्सिना, धुलिखेल नगरपालिका वडा नं ३ अध्यक्ष गणेश आचार्य, एमाले धुलिखेल नगर कमिटी सचिव विष्णु काभ्रेली, प्रेस चौतारी काभ्रेका सदस्यहरुको उपस्थितिमा वृक्षरोपण कार्यक्रम सम्पन्न भएको थियो ।
