IMG-LOGO

योग उप–शिक्षक प्रशिक्षण प्रारम्भ

 मंगल, असार २१, २०७९  ---

      भुम्लु गाउँपालिका दोलालघाटमा पंतजली योग समिति काभ्रेबाट दश दिने योग उप–शिक्षक प्रशिक्षण यही आषाढ १६ गतेदेखि प्रारम्भ भएको छ । पतंजली योग समिति बाग्मती प्रदेशका प्रमुख ग्रोविन तौजलेले समुद्घाटन गरेको सो प्रशिक्षणमा उद्घाटन भाषण दिद तौजलेले काभ्रे जिल्लालायई योगमय जिल्ला बनाउने उदेश्यका साथ यस स्थानमा पनि दैनिक योग अभ्यास थालनी गर्ने र योग अभ्यासबाट स्वस्थ समाज निमार्ण गर्ने प्रतिवद्धता जाहेर गर्नुभयो ।

      उक्त कार्यक्रममा पतंजली योग समिति बाग्मती प्रदेशका सदस्य दमनकुमार श्रेष्ठ, पंतजली योग समिति बाग्मती सल्लाहकार सरिता शाक्य, पतंजली योग समिति काभ्रेका आध्यक्ष हरीशरण श्रेष्ठ, महिला अध्यक्ष अनु श्रेष्ठ, पतंजली योग समिति काभ्रेका उपाध्यक्ष प्रकाश कायष्ठले मन्तव्य दिनुका साथै दैनिक रुपमा योग प्रशिक्षण दिईरहनुभएको र उक्त प्रशिक्षणमा करिव ५० जना स्थानियहरुले उत्साहजनक रुपमा सहभागिता जनाईरहनुभएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्