IMG-LOGO

प्रेस युनियन काभ्रेमा नयाँ नेतृत्व

 मंगल, असार २१, २०७९  ---

      नेपाल प्रेस युनियन काभ्रेको ७ औँ अधिवेशनबाट नगेन्द्र अधिकारी सर्वसम्बत रुपमा निर्वाचित हुनु भएको छ । विहिबार सम्पन्न भएको जिल्ला अधिवेशनबाट अधिकारीको अध्यक्षतामा १८ सदस्यीय जिल्ला कार्य समिति सर्वसम्बत रुपमा निर्वाचित गरेको हो । उपाध्यक्षमा देवराज केसी, महिला उपाध्यक्षमा सम्झना हुमागाई सचिव शुभराज अधिकारी, सह–सचिव सचित खडका, समावेसी सह–सचिव इन्द्र बहादुर थापा र कोषाध्यक्षमा सरोज अधिकारी रहनु भएको छ । सदस्यहरु पुरुषोतम ढकाल, पुजन धिताल, रोशन पौडेल, रवि धिताल, राजन दाहाल, विपशना शाक्य, सदस्य जनजाती ज्योती श्रेष्ठ, सदस्य महिला शोभा हुमागाई, सदस्य दलित रामचन्द्र रम्तेल, अत्यवश्यक  सदस्य रामचन्द्र अधिकारी, सदस्य मधेशी भक्त दाहाल, केन्द्रीय पार्सदहरु भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा, बद्रीराज तिमल्सिना, भीम गौतम, कपिल कोइराला, प्रदिप केसी, रघुनाथ हुमागाई, शिव दाहाल, सूर्य लाकोजु, ज्ञानमणी नेपाल, शिखर चिमौरिया, शंकर अधिकारी, इन्द्र लक्षमी घिमिरे र कविता शर्मा रहनु भएको छ ।

      प्रदेश पार्सदहरु नवराज सापकोटा, राजेन्द्र तिमल्सिना, सुमन गिरी, सन्तोष तिमल्सिना, अशोक महत, कृष्ण न्यौपाने, मोहनकृष्ण तिमल्सिना, रोशन तिमल्सिना, दिलिप आचार्य, पुरुषोतम दाहाल, दिपक चौलागाई, हिराकाजी लामा, दुर्गा घलान, जानुका खदाल, सनम सुवाल र कौशलराज खडका रहनु भएको छ । अधिवेशनमा नेपाली कांग्रेस काभ्रेका जिल्ला सभापति तिर्थ लामा, नेपाल प्रेस युनियन केन्द्रीय उपाध्यक्ष इश्वरी ओझा, पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्षहरु भोला थापा, महेशराज पौडेल, नारायण सापकोटा लगायतको आतिथ्यता रहेको थियो । नेपाल पत्रकार महासंघ काभ्रेका पूर्व अध्यक्ष समेत रहनु भएका इश्वरी ओझाले आगामी प्रेस युनियनको केन्द्रीय अधिवेशनमा अध्यक्ष उठ्ने घोषण गर्नु भएको छ ।

 

 

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्