धुलिखेल–८ बडालगाउँ स्थित जनचेतना युवा समूहको आयोजनामा शनिबार वृक्षरोपण कार्यक्रम सम्पन्न भएको छ । डिभिजन वन कार्यालयले लिची १ सय बोट र कटुज ८० बोट विरुवा संस्थालाई उपलब्ध गराएको थियो । संस्थाका अध्यक्ष रमेश प्रसाद न्यौपाने, संस्थापक अध्यक्ष उद्धव प्रसाद बडाल, पूर्व उपाध्यक्ष दलवहादुर चौलागाई, आजीवन सदस्यहरुको सहभागीतामा कोइराले पाखोमा वृक्षरोपण गरिएको हो । एक सय बोेट लिची र ८० बोट कटुजको विरुवा रोप्ने कार्य गरिएको छ । त्यसको संरक्षण र सम्बद्धन गर्न निरन्तर रुपमा जनचेतना युवा समूहका कार्य समितिको सक्रियता रहनु पर्ने कुरा डिभिजन वन कार्यालय धुलिखेलका वन अधिकृत देवी प्रसाद पोखरेलले वताउनुभयो ।
सहायक वन अधिकृत एवं सूचना अधिकारी गौरव भट्टले विरुवा उपलब्ध गराउन सहजीकरण गर्नु भएको थियो । गत मंगलबार कोइराले पाखो क्षेत्रमा वृक्षरोपण कार्यक्रममा वडा अध्यक्ष विनोद गौतमको आतिथ्यता र कटुवा पाखा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष बेद प्रसाद वडाल लगायतको उपस्थितिमा एक सय बोट लिचीको विरुवा रोप्ने कार्य भएको थियो । संस्थाका कोषाध्यक्ष नविन वडाल र सदस्य सागर सापकोटाले वन डिभिजन कार्यालयबाट विरुवा उपलब्ध गराउन सहयोगी भूमिका खेल्नु भएको थियो ।
