पनौती नगरपालिका न्यायिक समितिद्वारा एक समारोह बीच नगरस्तरीय मेलमिलापकर्ताहरुको भेला आयोजना गरियो । उप प्रमुख तथा न्यायिक समितिका संयोजक गीता बन्जाराको अध्यक्षता तथा नगर प्रमुख रामशरण भण्डारीको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । भेलामा पुर्व न्यायिक सदस्यहरु मधुकृष्ण श्रेष्ठ तथा निला अधिकारीलाई सम्मान गरियो । नब निर्वाचित उपमेयर ÷सयोजक गीता बन्जारा तथा समितिका सदस्यहरु शोभा कार्की र महेन्द्रलाल श्रेष्ठलाई प्रमुख भन्डारीले खादाद्वारा स्वागत गर्नुभएको थियो।सोही कार्यक्रममा पहिलो नगरसभावाट निर्वाचित न्यायिक समिती सदस्य द्वय मधुकृष्ण श्रेष्ठ तथा निला अधिकारीलाई सम्मान गरिएको थियो ।
पनौती नगरपालिकामा आ.व.०७८÷७९ मा सुचिकृत ५४ जना मेलमिलापकर्ता मध्येवाट यस बर्षको उत्कृष्ट मेलमिलापकर्ताको रुपमा पनौती वडा १ का मेलमिलापकर्ता संयोजक लोकनाथ सापकोटालाई उत्कृष्ट मेलमिलापकर्ता सम्मान २०७९ वाट पुरस्कृत गरियो ।नगद रु.५,५५५। तथा प्रमाणपत्र सहित उक्त पुरस्कार नगर प्रमुख तथा उप प्रमुखले सयुक्त रुपमा सापकोटालाई प्रदान गरे ।
पनौती नगरपालिकाका मेलमिलापकर्ताहरुलाई जिम्मेवार हुन,आग्रह पुर्बाग्रहवाट पर बसेर मेलमिलाप जस्तो महत्वपूर्ण भूमिका निर्वाह गर्न नगर प्रमुखले आग्रह गरे। उपप्रमुखले सभाध्यक्षको मन्तव्य राख्दै पनौतीको ११ औं नगरसभावाट पारित न्यायिक समितिका नीति तथा कार्यक्रमको जानकारी दिइन । पुरस्कृत मेलमिलापकर्ता लोकनाथ सापकोटाले आफूले पाएको पुरस्कार सबै मेलमिलाप कर्ताको भएको र आफुमा थप जिम्मेवारी थपिएको बताए । सम्मानित पुर्व न्यायिक समिती सदस्य मधुकृष्ण श्रेष्ठले न्यायिक समितिको भूमिकामा रहँदा आफुले सबैको सहयोग पाएको र निष्पक्ष भएर भूमिका निर्वाह गरेको बताए । कार्यक्रममा स्वागत मन्तव्य वरिष्ठ प्रशासकीय अधिकृत इन्द्रप्रसाद अधिकारी तथा सन्चालन कानुनी सल्लाहकार प्रदीप सापकोटाले गरेका थिए । पनौती नगरले मेलमिलापकर्ताहरुको क्षमता अभिबृद्दिको निम्ति बिगतदेखि नै विभिन्न कार्यक्रम गर्दै आइरहेको छ ।
