भकुण्डे । बिन्धबासिनी वचत तथा ऋण सहकारी संस्था लि.ले सामाजिक उत्तरदायित्व अन्तर्गत विभिन्न सामाजिक सामुदायिक कार्यहरु संचालन गरेकोछ । संस्थाको भकुण्डे सेवा कार्यालयको व्यबस्थापन विहिबार भकुण्डेमा निःशुल्क दन्त शिबिर सम्पन्न गरेको थियो भने गत १० गते नमोबुद्ध ८ स्थित बरबोटमा रहेको गणेश आधारभुत विद्यालयमा स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेको थियो ।
प्रिमियर डेन्टल क्लिनिकको प्राविधिक सहयोगमा करिव सय जनाको निःशुल्क दाँत तथा मुखको परीक्षण गरि निःशुल्क औषधी समेत वितरण गरेको दन्त शिबिरको जिल्ला समन्वय समिति काभ्रेका उप–प्रमख रिमबहादुर तामाङले उद्घाटन गर्नु भएको थियो । उहाँले जिल्लामा उत्कृष्ट सेवा दिई राष्ट्र र अन्तराष्ट्रिय क्षेत्रमा समेत पहिचान बनाउन सफल विन्धबासिनी सहकारीले ग्रामिण क्षेत्रका जनताको जीवन स्तर उकास्न गरेको प्रयास उदाहरणीय रहेको बताउनु हुदै संस्थाले वचत र ऋणको साथ साथै सामाजिक सामुदायिक कार्यहरु निरन्तर गरेकोमा प्रशंसा समेत गर्नु भएको थियो । बिन्धबासिनी सहकारीका संचालक सदस्य भिमबहादुर केसीको सभापतित्वमा भएको शिविरमा प्रिमियर डेन्टलका डा. विप्लप अधिकारी, बिन्धबासिनी सहकारी भकुण्डेका कार्यालयका व्यबस्थापक राजेन्द्र श्रेष्ठ लगायतले मन्तव्य व्यक्त गर्नु भएको थियो ।
त्यसैगरी १० गते सम्पन्न स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण कार्यक्रममा विद्यालयमा अध्ययनरत ७५ जना विद्यार्थीहरुलाई स्टेशनरी, खाजाका साथै विद्यालयलाई विभिन्न शैक्षिक सामाग्री र पानी छान्ने इलेक्ट्रिक फिल्टर वितरण गरेको थियो । कार्यक्रममा गणेश आधारभुत विद्यालयका प्र.अ सुमित्रा श्रेष्ठ, शिक्षक माधव खनालले बिन्धबासिनी संस्थाले आप्mनो विद्यालयलाई छनौट गरी स्टेशनरी तथा शैक्षिक सामाग्री वितरण गरेकोको धन्यवाद व्यक्त गर्नु भएको थियो । कार्यक्रममा सहकारीका संचालक सदस्य भिम बहादुर केसी, नायम कार्यकारी प्रमुख अधिकृत त्रिलोचन घिमिरे, भकुण्डे सेवा कार्यालयका पदाधिकारी र कर्मचारीहरुको उपस्थिती रहेको थियो ।
