IMG-LOGO

कोपोमिसमा आबद्धताका लागि जिल्ला सहकारी संघ लि. काभ्रेको गोष्ठि

 मंगल, असार २१, २०७९  ---

      बनेपा÷जिल्ला सहकारी संघ लि. काभ्रेपलाञ्चोकले जिल्लामा रहेका सबै प्रकृतिका सहकारी संस्थाहरुको कोपोमिस प्रणालीमा आबद्धता हुनभेला गरेको छ । शुक्रबार गरिएको भेलाआयोजना गर्न सहकारी विभागले जिल्ला सहकारी संघ लि., काभ्रेपलाञ्चोकलाई पत्राचार गरेको थियो । संघीय सहकारी बिभाग कोपोमिस बिभागका अधिकृत प्रेम शर्माको उपस्थितिमा सहभागीहरुलाई व्यवहारिक अभ्यासको सिकाई सम्वन्धि प्रशिक्षण गरिएको हो । सहकारी बिभागले कोपोमिस प्रणालीमा आबद्धता नभएमा आउने आर्थिक बर्षमा सहकारी संस्थाहरुलाई करचुक्ता प्रमाण पत्रनदिने सूचना जारी भएपछि अभियानको तर्फबाट जिल्ला सहकारी संघ लि.ले जिल्लामा रहेका सहकारी संस्थाहरुका लागि कार्यक्रमको आयोजना गरिएको हो ।

      अभियानको रुपमा नेपालमै छाता संघहरुको तर्फबाट एकै स्थानमा सहभागिहरुलाई राखेर कार्यक्रम आयोजना गरेको सम्भवतजिल्ला सहकारी संघले पहिलो पटक नै हो जिल्ला सहकारी संघ लि.का अध्यक्ष दिलिप शर्माले बिचार राखेका थिए । अनुभव आदान प्रदान गर्ने, सिकाईको अभिबृद्धि हुने र सँगसँगै रहेर सहकारी अभियानका बिषयमा धेरै सिकाइहुने भएकाले यस्तो तालिम तथा प्रशिक्षणले सहजता हुने बिचार राख्दै अभियानलाई सिकाउने र टिकाउने बिषयमा सधै जिल्ला सहकारी संघले कार्य गर्दै आएको बिचार राख्नु भएको थियो । कार्यक्रममा जिल्लाका १३ पालिकाहरुको सहकारीहरुबाट ७३ जना सहभागिहरुको उपस्थिती रहेको थियो । सहभागिहरुले कार्यक्रमनिकै उपलब्धिमूलक रहेको बिचार राखेका थिए ।

      उक्त तालिम जिल्ला सहकारी संघ लि. का सञ्चालक समिति सदस्य तथा शिक्षा तालिम व्यवस्थापन उप समितिका संयोजक ठाकुरनाथ अधिकारीको अध्यक्षतामा भएको थियो भने कार्यक्रममा प्रशिक्षक प्रेम शर्माले कोपोमिसको आवश्यकता यसको महत्व र बिभागले यसमा थालेको पहल र सकारात्मक पक्षहरुका बारेमा प्रशिक्षण दिनुभएको थियो । कार्यक्रममा संघका अध्यक्ष दिलिप शर्माले कार्यक्रमको उपादेयता, सहभागिहरुलाई स्वागत गर्नुभएको थियो भने कार्यक्रम सञ्चालन संघका प्रमुख प्रवन्धक ज्ञानमणी न्योपाने र धन्यवाद ज्ञानेन्द्र दाहालले गर्नु भएको थियो

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्