IMG-LOGO

चौरीदेउराली गाउँपालिका अध्यक्ष चौलागाईलाई एम्बुलेन्स हस्तान्तरण

 मंगल, असार २१, २०७९  चौरीदेउराली गाउँपालिका अध्यक्ष चौलागाईलाई एम्बुलेन्स हस्तान्तरण

      काभ्रे जिल्लाको चौंरी– देउराली गाउँपालिकालाई एम्बुलेन्स हस्तान्तरण गरेको छ । नेपाल–भारत मैत्री विकास साझेदारी कार्यक्रम अन्तर्गत पालिकालाई एम्बुलेन्स उपहार स्वरूप एक कार्यक्रमका बीच हस्तान्तरण गरेको हो । एम्बुलेन्स गाउँपालिका अध्यक्ष रेणुका चौलागाईंलाई आइतबार हस्तान्तरण गरिएको थियो । पालिकाको जनताको स्वास्थ्यलाई ध्यानमा राख्दै एम्बुलेन्सको लागि निवर्तमान अध्यक्ष दिननाथ गौतम र वर्तमान अध्यक्ष चौलागाईले पहल गरेकी थिइन् । गाउँपालिकामा भएको एम्बेलेन्सले मात्र जनताको सेवा गर्न निक्कै कठिन थियो । भौगोलिक विकटताले गर्दा विरामी जनतालाई सेवा दिन गाह्रो थियो ।“ अध्यक्ष चौलागाईले भनिन्, अब नयाँ एम्बुलेन्स पाएपछि ठूलै राहत मिलेको छ । एम्बुलेन्सको अभावकै कारण अब जनताले स्वास्थ्य उपचारबाट बञ्चिन हुनुपर्दैन ।’ उनले एम्बुलेन्सको लागि विशेष पहल गर्ने अर्थमन्त्री जनार्दन शर्मा र निवर्तमान अध्यक्ष गौतमलाई धन्यवाद दिएकी छिन ।

ताजा समाचार

काभ्रेटाइम्स साप्ताहिक

डाटा छैन...

विज्ञापनका लागि: (+1) 96 716 6879

ठेगाना
  • बनेपा, काभ्रे
  • info@kavretimes.com.np
  • 011-123456
हामीलाई फलो गर्नुहोस्